हाम्रो चिङ्गाड एक, पहिचान अनेक

मदनप्रसाद शर्मा।

बुरुसे छहराले सबैको मन लोभ्याएकै छ । यस गाउपालिकाको शिर मानिने मालिकाबाट उत्तरतर्फ बग्ने उत्तरगंगा नदी केहीतलबाट बुरुसे छहरा बनेर बगेको छ । यसले त झनै यहाँको प्राकृतिक सौन्दर्यातामा निखार ल्याएको छ । यही झरनाबाट बगेको पानीले पुरै फाँटलाई सिंँचित गरी चिङ्गाड खोलाको आसपास रहेको समथर भुभागले सुनजस्तै पहेला धानका बाला झुलाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ९ वटा स्थानीय तह छन् । प्रदेश राजधानीको उत्तरपूर्वमा अवस्थित चिङ्गाड गाँउपालिकाको पूर्वमा सिम्ता, उत्तरपूर्वमा जाजरकोटको शिवालय, पश्चिममा दैलेखको गुराँस गाउपालिका, दक्षिणमा लेकबेसी नगरपालिका र दक्षिण पश्चिममा वीरेन्द्रनगर नगरपालिका रहेका छन् । चिङ्गाड गाँउपालिका सुर्खेतको सबैभन्दा सानो गाँउपालिका हो । जहाँ ६ वटा वडाहरु छन् ।

महाभारत पर्वत श्रीङ्खखलाको बिचमा रहेको यो गाउँपालिका प्रदेश राजधानीको उत्तरपुर्वि ईलाकाको रमणिय स्थानमा अवस्थित छ । प्राकृतिक, भौतिक र साँस्कृतिक रुपले सम्पन्न यो गाउँपालिका भौगलिक हिसाबले जिल्लाकै सबैभन्दा विकट तर विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकामा पर्दछ । भौगोलिक रुपमा विकट भएता पनि यहाँको हावापानी एकदमै राम्रो मानिन्छ । यहाँको प्रकृतिले हामीलाई विकटता मात्र होइन, धेरै अवसर पनि दिएको छ । प्रकृतिका सुन्दर उपहार ठूलठूला भिरपाखा, छाँगाछहरा, गुफा र मनै लोभ्याउने झरनाहरुलाई पर्यटकीय स्थलको रुपमा प्रयोग गर्नसके प्रशस्त अवसर पनि मिल्नेछन् । जसको फलस्वरुप स्थानीय स्तरमा नै रोजगारीको सिर्जना गरी केही रुपमा बेरोजगारी समस्यालाई समाधन गर्न सक्ने संभावना देखिन्छ ।

यो गाउँपालिकामा रहेका मालिका मन्दिर मटेला, भैरव मन्दिर अवल्चिङ, मालिका, कोरसिना, चिउदुवा, चुली, पारीलेक र बिरखम्बा लेक पर्यटनको अति नै सम्भावना बोकेका संगम थलोको रुपमा लिन सकिन्छ । यस पालिकाको प्राकृतिक सौन्दर्यताले सबैलाई लालयित बनाउँछ । यस पालिकाकामा रहेको विभिधतायुक्त समाज र प्राकृतिक सौन्दर्यताको त बर्णन गरेर साध्यै छैन । अलौकिक प्राकृतिक सौन्दर्यताले भरिएको मालिका लेखमा जब सुर्यको लाली छाँउछ, तब त्यसलाई डाहा गर्छ दक्षिणमा रहेको चिङ्गाडको समथर भुभागले । समथर चिङ्गाडको शिर बनेका मालिका, चुली, चिउदुवालेकको मनमोहक दृष्यले सबैको मन जितेकै छ । यी लेकको शिरदेखी कतै खोचहरु छिचोल्दै पहाडको कुना कन्दराहरुबाट आफ्नै गतिमा बग्ने यहाँका झरना, छाँगाछहराले सबैलाई मात नलगाएको भने पक्कै होईन ।


एकनास रुपले सललल बगिरहने बुरुसे छहराले सबैको मन लोभ्याएकै छ । स्थान र जातजाति अनुसार यहाँका मानिसहरुको लवाईखुवाई पनि बेग्लै रहेको पाईन्छ । यस गाउपालिकाको शिर मानिने मालिकाबाट उत्तरतर्फ बग्ने उत्तरगंगा नदी केहीतल बाट बुरुसे छहरा बनेर बगेको छ । यसले त झनै यहाँको प्राकृतिक सौन्दर्यातामा निखार ल्याएको छ । यही झरनाबाट बगेको पानीले पुरै फाँटलाई सिंँचित गरी चिङ्गाड खोलाको आसपास रहेको समथर भुभागले सुनजस्तै पहेला धानका बाला झुलाएको छ । सिङ्गो बस्तीलाई नै पुग्नेगरी प्रशस्त अन्नबाली फलाएको छ । यस पालिकामा बस्तीपिच्छे फरकफरक ऐतिहासिक र धार्मिक परम्परा रहेका छन् ।

महाभारत पर्वत श्रीङ्खखलाहरुको बिचमा सानो, सुन्दर र समथर उपत्यका पनि रहेको छ । जसलाई चिङ्गाड नामले चिनिदै आएको छ । प्रचार प्रसारको अभावमा प्राकृतिक, सास्कृतिक, धार्मिक र ऐतिहासिक रुपले सम्पन्न यस पालिकामा रहेका बिभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरु पनि ओझेलमा परेका छन् । यस पालिकाभित्र रहेका धेरै धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरु मध्ये एक हो भगवतीमाई मन्दिर । जुन चिङ्गाड गाँउपालिका वडा नं. ३ को देउलामा रहेको छ । यो मन्दिर सदिऔ बर्ष पहिलेदेखि नै बनाई पुजाआजा गर्दै हालसम्म सोही परम्परा कायमै रहेको छ ।

पुर्ख्यौली घर अछाम जिल्लाको तोसी धमाली हो भन्ने हाम्रा अग्रजहरु आफ्नो थातथलो छोडेर बस्ती सरेर दैलेखको पिलाडी, काडाजोगाडा हँुदै मटेला गाउँ पञ्चायतमा स्थायी बसोवास गर्न थालेपछी आफुहरुले पुजाआजा गर्ने गरेको कुल देवता पुरानो थातथलोमा नै रहेको र तत्काल अछाम जिल्लामै पुगेर पुजा गरी फर्क समेत कठिनाई भएको, हाल बस्ती बसेको स्थनमा मानिस तथा पशु चौपायमा बेहोस हुने, लामो समयसम्म थला पर्ने र अजात रोगका पशुचौपाया मर्ने भएकोले पुर्खादेखी मान्दै पुज्दै आएको भगवती माईको मन्दिर स्थापना गरी पुजा आजा गर्नाले सबै किसिममा समस्या हल भएको भन्ने किमबदन्ती हाल सम्म कायम हरेकोले यो पुजा आजसम्म पनि कायमै रहेको छ ।

हरेक वर्ष महानवमीको दिन र राम नवमीको दिन यस मन्दिर धुमधामका साथ देवी भगवती पुजा आरधना गरिन्छ । यो मन्दिर रहेको स्थानको जमिनको फैलावट सानो र यो मन्दिर पनि भौतिक रुपमा कमजोर र पुरानै शैलीमा रहेकोले यो मन्दिरको स्तरोन्ती गरी धार्मिक स्थलको रुपमा चिनाउन अनि नयाँ मन्दिर बनाउनको लागि हामी धनन्जय गोत्रका लगाएत धर्म कर्ममा आस्था राख्ने जो कोही परोपकारी मनहरुबाट सहयोगको पनि अपेक्षा राख्दछौ । “धर्मो रक्षित रक्षित.” धर्म संकार र संस्कृतिको रक्षा गर्ने मानिस स्वयं धर्मबाट रक्षित हुन्छ भन्ने भनाई सर्व बिभितै छ । हाम्रो बैदिक सनातन सभ्यता सँस्कार र सँस्कृतिको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो । आजको यस परिवेशमा बिभिन्न कारणले आफ्ना संस्कार संस्कृतिलाई बिर्सने परम्परा बड्दो छ । आधुनिकताले मानिसमा धर्म र सस्कार प्रति जुन प्रकारको उदन्डता पलाएको छ त्यसले सत् धर्म प्राप्त गर्न दिदैन ।

आजको एक्काईसौ शताब्दीमा विश्व नै विकाशको चरम उत्कर्षमा पुगेको बेलामा सम्पुर्ण मानव जातिले नै मानिसलाई पुर्ण रुपमा आधुनिक भइसकेको अनुभति गरेता पनि हामी आफ्नो धर्म संस्कृतिबाट बिल्कुलै अलग रहन सक्दैनौ । मानवजातीले आधुनिक युगसम्म जे जति उपलब्धी हासिल गरेका छन्, ति सबै मानवीय खुसीसँग जोडिएका छन् । विकासको चरम उत्कर्षमा आईपुग्दा मानिस सोचेभन्दा ठिक विपरित अमानविय ,बेचैनी, अशान्त र हिंस्रक हुँदै गएको छ । जसको फलस्वरुप हत्या, हिंसा, चोरी, डकैती, लुटपाट र बलात्कार घटनाहरु दिनानुदिन बढेका छन् । आजको यो समयसम्म पनि सबै मानिस खराव हुन्थे होलान् त ? यो जीवनचक्र बन्द पनि भईसक्थ्यो होला । त्यसैले धर्म तथा संस्कृतिको संरक्षण सम्बर्द्वन र जर्गेना गर्नु हामी सबैको कर्तव्य तथा अधिकार पनि हो । अतः आफ्नो धर्म र सस्कृतिमा आस्था राख्नु स्वभाबिक मानिन्छ । मन बिचार र भावना शुद्ध बनाई कुनै पनि देवी देवताको पुजा अर्चना गर्नाले शान्ती मिन्ने पौराणिक भनाई हालसम्म बिधमान रहेको छ छ । अन्त्यमा हामी वरपर रहेका तर संचार र विकासको अभाबले प्रचारमा आउन नसकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको पहिचान गराउन हाम्रो प्रमुख जिम्मेवारी रहन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार