कोभिडको असरमा परेका शेयर सदस्यलाई व्याजमा राहत

सुर्खेत, १७ असोज ।
कोभिड–१९ को चरम संकटमा परेका र आफ्नो गाउँ ठाउँमा केही गर्न चाहने आफ्ना सेयर सदस्यहरुलाई राहत घोषणा गरिएको छ । कर्णाली प्रदेशमै पहिलो पटक एक सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई आर्यआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको व्याजमा भारी छुट घोषणा गरेको छ । कर्णालीका सहकारी सस्थाहरुले सेयर सदस्यबाट काेराेना र लकडाउनमा व्याज हर्जना सतप्रतिशत असुलिरहेकाे गुनासाे अाएकाे बेला एक सहकारीले बै‌क बराबरकाे व्याज छुटमा कर्जा दिने घाेषणा गरेकाे छ ।

कोरोना भाइरसले बैंक तथा वित्तिय संस्थाको व्याजदर ओलारो लागिरहेको बेला लेकबेशी नगरपालिका वडा नं. ९ साटाखानीमा कार्यालय रहेको सहकारीले बैंककै हाराहारीमा व्याज घोषणा गरेको छ । साना किसान कृषि सहकारी संस्था लि. साटाखानी लेकवेशी–९ सुर्खेतले विभिन्न क्षेत्र वर्गिकरण गर्दै सहुलियतपूर्ण ऋणको व्याजदर घोषणा गरेको हो ।

२०७७ कार्तिक १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर घोषणा गरिएको छ । यस अघि १५ प्रतिशतमा ऋण लगानी गर्दै आएको सहकारीले लघुकर्जामा व्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको व्याज १२ प्रतिशत, मासुजन्य–दुधजन्य–तरकारीजन्यमा ९ प्रतिशत, स्वालम्बन कर्जा व्याज १० प्रतिशतमा दिने घोषणा गरिएको छ ।

त्यसैगरी निक्षेपतर्फ महिला पेवा बचत ११ प्रतिशत, जेष्ठ सदस्य बचत १० प्रतिशत, आवधिक बचत १० प्रतिशत, बाल बचत ९ प्रतिशत, समूह बचत ८ प्रतिशत, ग्रा.सु. बचत ७ प्रतिशत, एच्छिक बचत ६ प्रतिशत व्याज बचतकर्ता सेयर सदस्यहरुलाई दिने जनाइएको छ । सहकारी ऐन २०७४ दफा ३२ उपदफा १ अनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एक प्रकृतिको एउटामात्र सहकारीमा आबद्द हुनुपर्ने कानूनि प्राव्धान भएकाले आफ्ना सेयर सदस्यहरुलाई सहकारी रोज्ने अधिकार र दायित्व रहेको जनाइएको छ ।

याे पनि पढ्नुहाेस :-

कर्णालीका सहकारी शतप्रतिशत व्याज र हर्जना अशुल्दै

तपाईको प्रतिक्रिया