ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत, १७ असोज ।
ब्राउन सुगरहित प्रहरीले सुर्खेतमा चार जनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका–५, बबईस्थित प्रहरी चौकीमा चेकजाँच गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेका भे ७ प ९९२३ र भे ९ प ९०१७ नम्बरमा शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उक्त ब्राउन सुगरको नापतौल नभएको बताइएको छ । उनीहरूलाई बिहीबार ५ः३० बजे पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया