अख्तियारको टोली गाउँमा

मुगु, १७ असोज ।
छाँयानाथरारा नगरपालिका र सोरु गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै धमाधम उजुरी पर्न थालेपछि स्थलगत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुगु पुगेको छ । टोलीले उजुरीहरुको विषयमा गाउँका योजनाको अनुगमन गर्नेछ । आयोगको सुर्खेत कार्यालयका शाखा अधिकृत मेघनाथ सापकोटाको नेतृत्वमा ११ जनाको टोली मुगु पुगेको हो ।


प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार टोलीले शुक्रबारदेखि सोरु गाउँपालिकाका योजनाको अनुगमन थालेको छ । टोली झण्डै २ साता गाउँमै बस्ने उनले जानकारी दिए । ‘टोलीले उजुरी परेका सबै योजनामा पुगेर गहिरो अनुसन्धान गर्नेछ,’ उनले भने, ‘भ्रष्टचार नै भएको निष्कर्ष निकाले टोलीले कानुनी प्रक्रिया अघि बढाउने अख्तियारी पाएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार