डा गोविन्द केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव

काठमाडौं, १६ असोज ।

पूर्वराष्ट्रपति डा रामवरण यादव आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई भेट्न पुगेका छन् ।

विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ डा केसीसँगको भेटमा डा यादवले अनशन तोड्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया