उपचार गर्न आर्थिक सहयोगको अपिल

प्रचण्ड खत्री
रुकुम पश्चिम, १५ असोज ।
रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका वडा नं. ४ का ४८ बर्षिय खल बहादुर बिक ६ महिनादेखि घरको ओछ्यान मै छन् । बैशाख महिनाको ५ गत्ते घरको सिडीबाट लडेर टाउकोमा गहिरो चोट लागि घाईते थिए । कोहलपुर मेडिकल कलेजमा २ पटकसम्म उपचार गराई घर फर्किएता पनि अबस्था पहिले कै छ ।

उनीसंग उपचार गर्ने आर्थिक अबस्था कमजोर भएर घरमा बसिरहेको जेठो छोरा माया बिकले बताए ।  साँझ पख खाना खाएर सुत्न जाने बेलामा लडेर बेहोस अबस्थामा थिए तर २ पटकसम्म कोहलपुरमा उपचार गराउँदा कुनै पनि सुधार नभएको छोरा मायाले बताए । अहिलेसम्म १० लाख खर्च भएको र सबै ऋण साहु कारेर उपचार गरेको परिवारले जनाएको छ । केहि रकम भने घर जग्गा बैंकमा धितो राखेर पैसा निकालेर खल बहादुरको उपचार गरेका थिए ।

अब उपचारको लागि कोहलपुर् जाने भएकाले रकम अपुग रहेको हुँदा सक्दो सहयोग गरिदिन जेठा छोरा मायाले सबैलाई आग्रह गरेका छन् । रुकुम पश्चिमका बिभिन्न ठाउँमा पुगेर अहिले सम्म एक लाख सहयोग रकम जुटाएको र जुटाउने कार्य चलिरहेको मायाका सहयोगीले बताए । गरिबीका कारण पारिवारिक अबस्था निकै कमजोर रहेकाले ६ महिनादेखि घरमै थल्लिरहेका बिकलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छन् । विकका २ भाई छोरा र १ श्रीमती रहेका छन् ।

खल बहादुर पहिला बैदेशिक रोजगारको लागि भारत जाने आउने गर्दथे र लकडाउनका कारण घरमा बसेको अबस्थामा यस्तो भएको हो । सबैलाई सहयोग गरिदिन गरिब परिबारले आग्रह गरेका छन् । सहयोग गर्ने महानुभावले पत्रकार प्रचण्ड बाँफिकोट गाउँपालिकामा रहेको लक्ष्मी बैंकको खाता नम्बर ०९४२०००१५६५ वा मोबाईल नम्बर ९८१५६६८९३७ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया