प्रयोग भएका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम

सल्यान, १४ असोज ।

प्रयोग गरेसकेका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम बढेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न प्रयोग गरिएका मास्क सडक, बजारक्षेत्र लगायत विभिन्न क्षेत्रमा जथाभावी फालिएकाले जोखिम बढ्दै गएको छ ।

मास्कको उचित प्रयोग र व्यवस्थापन हुन नसके संक्रमण फैलिन सक्ने सल्यान अस्पतालका डा. प्रदीप शर्मा बताउँछन् । प्रयोग गरिएको मास्क अस्पतालको फोहोरजस्तै डिस्पोज गर्नुपर्ने उनले सुझाव दिए । जथाभावी फालिएका मास्कबाट फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारी, बालबालिकालाई संक्रमणको जोखिम हुन सक्ने डा. शर्माको भनाइ छ । कोरोना भाइरस संक्रमण बढेसँगै सल्यानमा मास्क प्रयोग गर्ने पनि बढेका छन् । तर, प्रयोग भएका मास्क व्यवस्थापन हुन नसक्दा अर्को संक्रमण फैलिन सक्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनले भने, ‘प्रयोग गरिएको मास्कलाई सम्भव भएसम्म लुगाधुने पाउडर मिसाएको पानीमा भिजाएर डस्टविनमा राख्ने वा जलाउने गर्नु पर्छ ।’

मास्कको भित्री भागमा थुक, ¥याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा हुन सक्ने भएकाले जथाभावी फाल्दा संक्रमणको जोखिम हुन सक्छ । आम समुदायलाई स्थानीय तहहरुले मास्क प्रयोग गरिसकेपछि त्यसको कसरी विर्सजन गर्ने भन्ने विषयमा पनि सिकाउन जरुरी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया