सल्लीबजारमा करेन्ट लागेर एक जना घाइते

दुर्गा विसी
सल्यान, १४ असोज ।
सल्यान सल्लीबजारमा घर ढलान गर्ने क्रममै एक स्थानीयलाई बुधबार फेरी करेन्ट लागेको छ । सल्लीवजारका माथिल्लो बजारमा वसोवास गर्ने अन्दाजी ४५ वर्षका प्रदीप गिरीलाई फेरी विद्युतिय करेन्टको झट्टका लागेको छ । करेन्ट लागेर गम्भीर घाइते गिरीलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

११ केभि प्रसारणको लाइन सल्लीबजारका दर्जनभन्दा बढी घरहरुको छत माथी परेकोले दैनिक दिनको विद्युतिय करेन्टको सिकार यहाँका नागरिकमा परेको छ । सामान्य कामकाज गर्दासमेत झुकिएर करेन्ट लाग्न थालेको छ । स्थानीय छिमेकीको घरको ढलान गर्ने क्रममै गिरीलाई करेन्ट लागेको अर्को स्थानीय इन्द्र भाटले जानकारी दिनु भएको छ ।

अधिकांशका घरका छतमा ११ केभी प्रसारण केन्द्रको लाइन लत्रिएको छ । घरका छतमा उक्त लाईन परेकोले सल्लीबजारका स्थानीय निकै समस्यामा परेका छन् । लाइन हटाउन र अन्यत्र क्षेत्रबाट विकल्प खोजी गरिदिनका लागि स्थानीयले पटक–पटक बनगाड कुपिण्डे नगरपालिका, विद्युत कार्यालय शाखा सल्लीबजार, सुर्खेत र सल्यान विद्युत कार्यलाई जानकारी गराउँदा समेत समस्या प्रति चासो नदिएको स्थानीयको दुखेसो छ ।


उक्त क्षेत्रमा मात्रै सोही लाइनका कारण ३ जनालाई करेन्ट लागि सकेको छ । ११ केभी प्रसारण लाइन हटाउन स्थानीयले गरेको ताकेतासम्बन्धि निकायले चासो नदिँदा दिन प्रतिदिन सल्लीबजारमा करेन्ट लागेर नागरिक सक्त घाइते हुन थालेका छन् । वस्ती माथीबाट प्रसारण लाइन रहेकोले घटना बढ्ने क्रम बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार