कारागारको अनुगमन

सुर्खेत, १३ असोज ।

सुर्खेत कारागार कार्यालयको अनुगमन गरिएको छ । राष्ट्रिय राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गरको हो । कोरोना महामारीपछि कैदीबन्दीहरुको अवस्था बुझ्ने उद्देश्यले अनुगमन गरिएको हो । टोलिले कारागारमा आवश्यक सतर्कता अपनाइएको आयुक्त सुदिप पाठकले जनाए । उसो त सुर्खेत कारागारमा हालसम्म कोही कोरोनाट संक्रमित भएका छैनन् ।

कैदीबन्दीलाई कोरोनाबाट बचाउन सुरक्षा सावधानीका सबै उपायहरु अपनाइएको सुर्खेत कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले जनाइन । कारागारले नयाँ आउने कैदीबन्दीलाई १४ दिन क्वारेन्टिाइनमा राख्ने गरेको छ । हाल कारागारमा दुईसय ७८ जना थुनुवा र कैदीबन्दी छन् ।

तपाईको प्रतिक्रिया