कर्णालीमा १६ जना प्रतिवादी पक्राउ

सुर्खेत, १३ असोज ।

कर्णाली प्रदेशमा विभिन्न जिल्लाबाट १६ जना फरार प्रतिबादी पक्राउ परेका छन् । शनिबार र आइतबार गरी सुर्खेत, दैलेख, मुगु र कालिकोटबाट १६ जना जना फरार प्रतिवादीहरु पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेकामध्ये दैलेखबाट गाली बेईज्यती मुद्दाका आठ जना, बनमुद्धाका सुर्खेतबाट दुई जना, धनमाल मुद्दाका मुगुबाट एक जना र कालिकोटबाट जुवामुद्दा र कर्तव्य ज्यान मुद्दाका दुइ÷दुइ जना रहेको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया