अनशनरत डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, ११ असोज ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी केही दिनअघि जुम्लाबाट काठमाडौं आएका कारण पीसीआर परीक्षण गरिएको थियो ।

१४ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले जनाएका छन्। उनका अनुसार डा. केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।

डा. केसीको रक्तचाप कम हुने, छाती दुख्ने, शरीर दुख्ने, मुटुको धड्कन छिटोछिटो हुने जस्ता समस्या देखिएको छ । उनी आफैं शौचालय पनि जान नसकेको उनका सहयोगीले बताएका छन्।

तपाईको प्रतिक्रिया