ऋषि शर्मालाई गोली हानिएको ठाउँमा वडा कार्यालय

सुर्खेत, १० असोज ।
तत्कालिन नेकपा एमालेका नेता तथा संविधान सभा सदस्यका उम्मेदवार ऋषि प्रसाद शर्मालाई गोली हानिएको ठाउँमा वडा कार्यालय उद्घाटन गरिएको छ । भेरीगंगा नगरपालिका वडा नं. ८ अन्तर्गत नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा कमिटीको कार्यालय उद्घाटन गरिएको हो ।

शर्मालाई गोली हानिएको स्थान भेरीगंगा न.पा.–८ लोदे घटना स्थल नजिकै पार्टीको वडा कार्यालय कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले उद्घाटन गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता शहिद ऋषि शर्माको हत्या भएको स्थानमा नैं कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टले पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो ।


कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद बिष्टले शहिद शर्माको हत्या भएको स्थानमानैं पार्टी कार्यालय उद्घाटन गर्न पाउँदा आफुलाई गौरवान्मित महसुश भएको बताउनुभयो । साथै जनतालाई बिकास र सम्बृद्धिमा ठिक ढंगले जोड्न सकेमा वडा र पालिकाको बिकास मात्र होइन प्रदेशमानैं सम्बृद्धिको जग बन्ने र शहिदको सपना पुरा हुने उहाँको भनाई थियो ।

कार्यक्रमको बिशेष अतिथिको रुपमा बोल्दै कर्णाली प्रदेश सांसद खड्क खत्रीले पबित्र भावना लिएर मन, बचन र कर्मले जनताको सेवा गर्नुपर्ने बताउनुभयो । त्यस्तै उक्त कार्यक्रममा जिल्ला तहका नेताहरु नन्द बहादुर कार्की, डण्डी प्रसाद शर्मा, नर बहादुर थापा, टीकाराम सुबेदी लगायतले आ–आफ्नो मन्तन्य राख्नुभएको थियो । वडा अध्यक्ष काँशिराम शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालक वडा सचिब रामबहादुर बिष्टले गर्नुभएको थियो भने कार्यक्रममा वडाका कार्यकर्ता एबं समर्थकहरुको बाक्लो उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार