सुर्खेत (छिन्चु), ९ असोज ।
नेपाल निजामती कर्मचारी संगठन भेरीगंगा नगर कमिटी गठन गरिएको छ । नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरुको भेलाले पिताम्बर पौडेलको अध्यक्षतामा ११ सदस्यीय नगर पालिका कमिटी गठन गरिएको हो । नगर कमिटीको महिला उपाध्यक्षमा हेमा गुरुङ, उपाध्यक्षमा राज कुमार रोकाय, सचिवमा डम्मर ढकाल, कोषाध्यक्षमा लाल बहादुर बुढा चयन हुनुभएको छ ।
कमिटीको सहसचिवमा उज्ज्वल रावत, सदस्यहरुमा रत्ना उपाध्याय, टोपेन्द्र तारम, इन्द्र बहादुर केसी, क्षितिज राना, मन्दराकुमारी वस्नेत चयन हुनुभएको छ । सल्लाहकारमा भोज प्रसाद चपाई, चन्द्रदेव गिरी, धन बहादुर सुनार र देवीलाल जैशीलाई चयन गरिएको जनाइएको छ । प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार पूर्व मन्त्री खड्ग बहादुर खत्री, नेकपा नेता मोहन बडुवाल, नेकपा भेरीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र कार्की सहितका नेताहरुको उपस्थितिमा कमिटी गठन गरिएको थियो ।
युग संवाददाता । । ९ आश्विन २०७७, शुक्रबार २०:१७