जुवा खेल्ने अखडा बन्दै डोल्पाका सरकारी कार्यालय

रामचन्द्र न्यौपाने
डोल्पा, ९ असोज ।
डोल्पामा सरकारी कार्यालय जुवा खेल्ने अखडा बनेका छन् । जिल्ला सदरमुकाम दुनैका कतिपय सरकारी कार्यालय जुवाखेल्ने अखडा बनेका हुन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुनै कार्यालय समयमा सेवा प्रवाह ठप्प पारेर कुनै एक फाँटमा जम्मा भएर जुवा, तास, पारा खेल्ने गरेको पाईएको छ ।

जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयका कार्यालय प्रमुखदेखी तल्लो तहका कर्मचारीहरु एकै ठाउँमा दिनभर जुवा खेल्ने गरेको नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले जानकारी दिए । “कार्यालयमा सेवा लिनका लागि प्रमुख भेट्न तीन चार दिन पुगे तर भेट्न सकिएन अन्तिममा जुवा खालमा देखे” उनले भने ।

??????

सदरमुकाम दुनैमा भेरी वारी र पारी रहेका सरकारी कार्यालयका कर्मचारीहरु आफुलाई पायक पर्ने कार्यालयमा जम्मा भएर जुवा, तास, पारा खेल्ने गरेका हुन् । बिहानै ११ बजेदेखी पायक पर्ने कार्यालयका कर्मचारीहरु जम्मा हुने र जुवा खेल्ने कार्यालय कार्यालयमा सहयोगीलाई सर बाहिर जानु भएको भन्न लगाएर सेवाग्राही फर्काउने गरेको सेवाग्राहीको गुनासो छ ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले कर्मचारी नै जुवा खेल्ने गरेको गुनासो आएपछि सबै कार्यालय प्रमुखलाई बोलाएर निर्देशन दिन लागेको बताइन । “कर्मचारीहरु कार्यालयमा समयमा जुवा खेलेको ठहरिए कारवाही हुन्छ, छुट कसैले पनि पाउँदैन” सहायक प्रजिअ शर्माले भनिन् ।


कर्मचारीले कार्यालयमा जुवा खेल्ने गरेको र दुनै बजारमा पनि जुवा लुकीछिपी खेली रहेको भन्ने सूचना पाएपछि सबै क्षेत्रमा प्रहरीलाई परिचालन गरी अनुसन्धन गरी रहेको प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । “हामीलाई गुनासो आएसँगै जुवाडे कर्मचारीको खोज तलासमा गम्भिर भएर लागेको छांै ,जुवातास पूरै बन्द गर्छौ” डिएसपी पाण्डेले भने ।

कोरोना कहरमा सेवाप्रवाहमा काम कम हुने बहानामा दैनिक कार्यालय नपुगेर कार्यालय र बजारका बन्द कोठालाई जुवा अखडा बनाउने गरेता पनि जिल्ला प्रशासनले नियमित अनुगमन गर्ने गरेको पाइँदैन् । त्यतिमात्र नभई डोल्पामा कार्यरत अधिकांस सरकारी कर्मचारीहरु दुर्गमताको बहाना देखाएर कार्यालयमा अनुपस्थित हुने गरेको पाईन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार