आइसुलेसनमा नगर प्रमुखको अनुगमन

दुर्गा विसी ।

सल्यान, ९ असोज ।

बनगाड कुपिण्डे नगरपालिकामा एक सय वेडको आइसुलेसन कक्ष रहेको छ । हाल त्यहा ४२ जना कोरोना पोजेटिभ रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था, खानपान र सरसफाइको अवस्थाको बारेमा नगर प्रमुख गोविन्द कुमार पुनले अनुगमन गरेका छन् । क्वारेन्टाइन र आइसुलेसनमा रहेका नागरिकले विभिन्न गुनासो गरेपछि उनले अनुगमन गरेका हुन् ।


अनुगमनमा खानाको गुणस्तर राम्रो भएको पाएको छ । साथै नगर प्रमुख पुनले आइसुलेसनमा रहेका ४२ जनाका लागि सावुन, मञ्जन, ब्रस, मास्क, स्यानिटाइजर उपलब्ध गराएका छन् । आइसुलेसनमा रहेका नागरिकको स्वास्थ्य अवस्था राम्रो रहेको र बसार्इ देखि खानपिनको विषयमा नगर प्रमुखले चासो दिएका छन् ।

हाल नगरको आइसुलेसनमा ४२ जना रहेको र क्वारेन्टाइनमा ६२ जना रहेको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिए । उक्त आइसुलेसनको अनुगमनमा नगर प्रमुखले स्वास्थ्य शाखा संयोजक पोख्रेल, नगरका स्टोरकिपर तथा सलेपा घनश्याम विसि, आइसुलेसनमा खटिएका चिकित्सक कमल खड्का, पुनम विक र सुरक्षाको लागि खटिएको नेपाल सेना लगायतको टोली सहितलाई व्यवस्थापन राम्रो गर्न आग्रह गर्न आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार