नवजात शिशुको शव खोलामा भेटियो

सर्खेत, ९ असोज ।

सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशुको शव खोलामा भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका ६, खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 


शुक्रबार बिहान ९ बजे नवजात शिशु शव खोलाको किनारामा फेला परेको हो । प्रहरीका अनुसार जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकले बेरेर खोलामा फलिएको पाइएको हो । शिशुलाई कसले र कहिले फालिएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार