डा केसीको माग पूरा नभए कडा आन्दोलन गर्ने डाक्टरहरुको चेतावनी

काठमाडौं, ९ असोज ।

त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सकहरुले डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन्। उनीहरुले डा केसीको मागमा समर्थन गर्दै आजबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । डा केसीको अनसनको १२ दिन भइसक्दा पनि सरकारका तर्फबाट कुनै पहल नभएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट (आवासीय) चिकित्सकहरुले शुक्रबार एक विज्ञप्ती जारी गर्दै डा केसीका मागप्रति सरकार संवेदनशील भएर प्रक्रिया अगाडि नबढाए आन्दोलनसम्म थाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

शान्तिपूर्ण तरिकारले सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको माग गर्दै संघर्षरत केसीका मागप्रति सरकारले गम्भीर रुपमा ध्यान नदिएको उनीहरुको आरोप छ।

त्रिवि शिक्षण अस्पतालको रेसिेडेन्ट डक्टरर्स एसोशियसनका अध्यक्ष डा। सुवास देवकोटा र सचिव डा। सुमन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनशनलाई फितलो रुपमा लिएको उल्लेख गरिएको छ । उनीहरुले वार्ताका लागि सरकारले अझै उदासिनता देखाए, कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएका छन् ।

तपाईको प्रतिक्रिया