रुकुम पश्चिममा नेकपाले इन्जार्चको टुङ्गो लगायो

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ८ असोज ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्यहरुको कार्य विभाजन गरिएको छ । नेकपा कर्णाली प्रदेशले निवार्चन तह र स्थानीय तह इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको हो । जस अनुसार रुकुम पश्चिममा निवार्चन १ को इन्चार्ज महेन्द्र केसी पारसमणि सहइन्चार्जमा बुद्दिप्रसाद शर्मा, निवार्चन २ मा ठकेन्द्र प्रकास पुरी इन्चार्ज र धनवीर ओलीलाई सहइन्चार्जको जिम्मा दिएको नेकपा प्रदेश कमिटीले जनाएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकाको इन्चार्ज देवी ओली, सहइन्चार्ज गोपेश्वर केसी, बाफिकोट गाउँपालिका इन्चार्ज इन्द्रिरा बियम, चौरजहारी नगरपालिका इन्चार्ज पुष्प बादी, सहइन्चार्ज तिर्था गौतम, आठबिसकोट इन्चार्ज रातो कामी चएन भएका छन् ।

त्यस्तै सानीभेरी गाउपालिका इन्चार्ज बिर्खबहादुर बिष्ट, भुपालसिंह ओली सहइन्चार्ज र त्रिबेणी गाउँपालिकाको इन्चार्जको जिम्मा गणेश केसिलाई दिएको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया