थप ११७२ जनामा कोरोना पुष्टि, १८९३ डिस्चार्जः ७ जनाको मृत्यु

काठमाडौं, ७ असोज ।

बुधबार देशभर एक हजार १७२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार १७२ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६७ हजार ८०४ पुगेको छ।

हालसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ८९३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। गत २४ घण्टामा ९ हजार४४९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार १०४ जना क्वारेन्टिनमा रहेका छन्।

तपाईको प्रतिक्रिया