आलुको मुल्य सस्तियो

हुम्ला, ७ असोज ।

सिमकोट हुम्लामा आलुको मुल्य सस्तिएको छ । आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए । ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए ।


आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको भएपनि पछिल्लो समय आम्दानी हुन थालेपछि आलुको ब्यबसायीक खेती सुरु भएको छ । हुम्लामा यो अबधि आलुको मुख्य सिजन सुरु भएको छ । ब्यबसायी आलु खेती गर्ने किसानको संख्या बृद्धि भएपछि प्रतिश्प्रर्धाका आधारमा आलुको मुल्य घटेको किसानले बताएका छन् ।

यसरी किसानबाट किन्दा आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँ परे पनि बजारमा भने चालीस रुपियाँ पर्ने स्थानीय पेमा लामाले बताउदै केही समय अगाडीको तुलनामा आलुको मुल्य आधा घटेको बताए । आलु जिल्ला भरि खेती हुने भएपनि बजारको कारण सिमकोट गाउँपालिकाका आठ वटै वडामा आलु राम्रो उत्पादन हुनेगर्छ । किसानको राम्रो उत्पादनको श्रोत आलु भएको छ। किसानहरुले पनि आलुको ब्यबसायीक खेती सुरु गर्न थालेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार