नेपाल सुनचाँदी व्यवसायीको निर्वाचनका लागि उम्मेद्वारी दर्ता

सुर्खेत, ६ असोज ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशको कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । जसको सभापतिमा सुर्खेतका जनकबहादुर सुनार, उपसभापतिमा सल्यानका घनश्याम नेपाली र दैलेखका युवराज सुनारको उम्मेद्वारी परेको छ ।

यस्तै, सचिवमा सुर्खेतका चित्र सुनार, सहसचिव सल्यानका दलवीर सुनार, कोषाध्यक्षमा सुर्खेतका भक्तबहादुर सुनार, सहकोषाअध्यक्षमा दैलेखका टेकबहादुर सुनारको उम्मेद्वारी परेको छ ।

सदस्यहरुमा सल्यानका नोखिराम सुनार, सुर्खेतका भुपेन्द्र सुनार रहेका छन् भने सदस्य एशोसियटका लागि सुर्खेतका तिर्थ सुनार र सुर्खेतका बखते सुनार रहेका छन् ।

तपाईको प्रतिक्रिया