त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं, ६ असोज ।

त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायत रहेका छन् ।


त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको ६ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झुटा मुद्दा लगाएको लगायत विरोधमा नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ ।

त्रिवि समितिले स्थानीय स्तरमा गरिरहेका र गर्ने सबैखाले शान्तिपूर्ण प्रदर्शन र गतिविधिप्रति नेविसंघ केन्द्रीय समितिले ऐक्यबद्धता प्रकट गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार