नेकपा बनगाड कुपिण्डेको दोस्रो पूर्ण बैठक

दुर्गा विसी
सल्लीबजार, ५ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा (नेकपा) को दोस्रो पूर्ण बैठकले वडा स्तरीय कमिटी घोषणा गरेको छ । उक्त बैठकमा नेकपा नेता तथा कर्णाली प्रदेश सह–इन्चार्ज प्रकाश ज्वालाले पार्टी कमिटी तथा संगठन, सिद्धान्त र नितिका विषयमा प्रष्ट पार्नुभएको थियोे । आर्थिक मामिला मन्त्री समेत रहेका ज्वालाले विकास भन्दा पार्टीको सांगठनिक विषयमा केन्द्रित रहेर निति र विधिमा मात्रै पार्टी चल्ने कुरा नगर कमिटी तथा जिल्ला कमिटीलाई निर्देशन दिनुभएको छ ।

आर्थिक, सामाजिक परिवर्तनका लागि सबै पार्टी पंक्ति जुटन उहाँको आग्रह रहेको थियोे । वडा कमिटी घोषणासँगै नगर कमिटीमा पठाउने १० जनालाई समेत सपथ खुवाएको छ । पूर्व माओवादी केन्द्रबाट नगर कमिटीमा सिफारिस पर्नेमा गणेश चन्द, धनवहादुर वस्नेत, नन्दलाल पुन, इन्द्रबहादुर वुढाथोकी, डिल्लीवहादुर खत्री पूर्व एमालेबाट कमल वली, टेकेन्द्र विसी, घनवहादु पुन, हरिलाल विष्ट, ज्योति प्रकाश पुनलाई सिफारिस गरिएको छ ।

पार्टीको दोस्रो पुर्ण वैठकमा विशिष्ट अतिथि जिल्ला सह–इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य गुलाव जंग शाहले नव गठित वडा कमिटी र नगर कमिटीमा सिफारिस परेकालाई शुभकामना दिनुभएको छ । पार्टी निर्माण र जनताको काममा बढी ध्यान दिएर काम गर्न शाहको आग्रह छ । नेकपा नेतृत्वमा भए गरेका कामकाजबाट नेपाली कांग्रेस अतालिएको उहाँको धारणा थियोे ।

दोस्रो पुर्ण वैठकमा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले भावनात्मक एकतामा जोडिएर अघि बढ्न आह्वान गर्नुभएको छ । जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकीले जिल्ला कमिटी बैठकको सर्कुलर वाचन गर्नुभएको थियोे । प्रदेश सदस्य तथा मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जिल्ला कमिटी सदस्य तथा प्रदेश परिषद् सदस्य अकबर पुन, परिषद् सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, रविराज शर्मा, धनवहादुर पुन, दिपक शर्मा, दिपक यरि, दुर्गा वुढाथोकी, विरवहादुर वुढा, चन्द्रका पुन र आशा वलीले बैठकमा धारण राख्नुभएको थियोे । नगर कमिटी अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षतामा भएको नेकपा पार्टीको नगर स्तरीय बैठकको सञ्चालन सचिव गञ्जमान बुढाले गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया