झोलुङ्गे पुल उदघाटन

सुर्खेत, ५ असोज ।

भेरीगंगा नगरपालिका वडा नम्बर २ स्थित सनिमोरमा सोमवार झोलुङ्गे पुल उदघाटन भएको छ । वडा नम्बर २ का अध्यक्ष नन्द बहादुर बुढाको अध्यक्षतामा र भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यको प्रमुख आतिथ्यता सो कार्यक्रम संचालन गरियको थियो ।

उक्त पुल ४३ लाख लागतमा सम्पन्न भएको ग्रामीण विकास संस्थाका प्रतिनिधि राजेन्द्र शिंग ठकुरीले बताए । सामुदायिक विद्यलाय सनिमोर राजमार्गको छेउमा रहेपनि विद्यार्थीहरु प्राय खोला पारी बाट आउनु पर्ने र विद्यार्थीहरुलाई समस्या भएकाले पुल निमार्ण गरिएको हो । पुल नहुँदा झन्डै २५० जना बालबालिका पढ्नबाट बञ्चित भएका थिए ।

तपाईको प्रतिक्रिया