सुर्खेत ५ असोज ।
कोरोना संक्रमणबाट बाँकेमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृतक सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारे निवासी ५८ बर्षिया पुरुष हुन् । बाँकेको भेरी अस्पताल (कोरोना अस्पताल) मा उपचारकाक्रममा विहान ६ः २५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि विभिन्न रोगले ग्रसित उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । उनलाई भदौ २१ गते अस्पताल भर्ना कोरोना पुष्टि भएको थियो । मृतकले सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगीरहेका थिए । दीर्घ रोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन ।
युग संवाददाता । । ५ आश्विन २०७७, सोमबार ०८:२४