कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

काठमाडौं, ५ असोज ।
रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन्।


डा. केसीकाअनुसार उनी लक्की ड्र मार्फत छानिएका हुन् । श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार