टिकटकबाट कलाकार छान्दै प्रियंका

काठमाडौं, ४ असोज ।

मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ ।

प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ । आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ ।

तपाईको प्रतिक्रिया