नेकपाको सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका खड्का पक्राउ

काठमाडौं, ४ असोज ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई कोटेश्वरस्थित पेरिसडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिवालय बैठक सुरु भइरहेका बेला ठुला नेताहरुलाई झापड हान्छु’ भन्दै कार्यालयमा पस्‍न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्काले केही दिनअघि प्रमाण जुटाउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी थिइन्।

पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । उनले लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया