पश्चातापको अधुरो प्रेम कथा

रामलक्ष्मी धरला

सुवास र सुबेक्षा चन्दनाथ उ.मा. वि. मा सानो कक्षा देखि लामो समय सम्म सँगै अध्ययनरत विद्यार्थी थिए । उनीहरु स्कुल प्रथम हुन्थे र उनीहरु हरेक हिसाबले एक अर्कोलाई हृदयदेखी माया, साथ र सहयोगको भावना राख्दथे । क्रमश दुबै जना कक्षाहरु उत्तीर्ण गर्दै गए र एस्.एल्.सी. (२०६६) को परीक्षा दिए । एस्.एल्.सी. मा दुबै जनाले राम्रो अंक प्राप्त गर्न सफल भएका थिए । त्यस पछि दुवै जनाको मनमा फरक–फरक विषय लगेर पढ्ने ईच्छा जागृत भयो र दुई जना बीच छलफल भएको थियो । सुबेक्षाले भनिन् “म त नर्सिङ विषय लिएर बिरामीको सेवा गर्न मन छ, अनि तिमी नी र्छु र विहे गर्न चाहन्छु ।” सुबेक्षाले त्यो कुरा सहजै स्वीकार गरेकी थिईन । त्यस पछि उनीहरुको सम्बन्धको साइनो झन बलियो बन्दै गयो । अब उनीहरु फरक–फरक विषयमा फरक–फरक कलेजमा भर्ना भएर पढ्न थाले । पहिलाको जस्तो सधै जसो भेट हुने सम्भव थिएन किनकी उनीहरुको कलेज फरक–फरक र विषय पनि फरक–फरक भएकाले उनीहरुको सधै भेट नभएतापनि फोनमा कुरा भइरहन्थ्यो ।

उनीहरु एक आपसमा एक विना अर्काको अभावमा बाँच्न नसक्ने भइसकेका थिए । सुबेक्षा उच्च वर्गकी छोरी थिइन् । सुबेक्षाका चार वटा दाई छन् । सुबेक्षाको घरपरिवार ठुलो थियो र सबै दाईहरु उच्च तहको जागिर गर्थे । सुबेक्षा घरकी कान्छि छोरी भएकाले सबैले धेरै माया गर्थे । उनको पारिवारिक जीवन शैली पनि उच्च स्तरको थियो । सुवास सामान्य परिवारमा हुर्किएका र उनको परिवारको जीवनशैलीको स्थिती पनि सामान्य नै थियो । तर सुबेक्षा लाई सुवास जस्तो परिवारको भएपनि चासो थिएन किनकी सुबेक्षा धन सँग माया नगरेर साच्चिकै मन सँग माया गर्थीन । क्रमश ः दुबैजना पढ्दै जाँदा आ– आफ्नो विषय उत्तीर्ण गरी राम्रो अंक प्राप्त गर्न सफल भए । नर्सिङ विषय उत्तीर्ण गरेका ६ महिना पछि २०७० साल मा आफ्नै जुम्ला को जिल्ला अस्पतालमा काम गर्न थालिन ।

यता सुवास भने फेरी कोरियन भाषा सिकेर विदेश जाने इच्छा गरे । एक दिन सुवासले विदाको दिन मिलाएर अत्यन्तै रमणिय स्थल गोठीचौर घुम्न जाने निधो गरेका थिए । सुबेक्षाले पनि खुसी हुँदै घरमा आमालाई आमा म आज विदाको दिन छ साथीसँग घुम्न जान्छु भनेर भनेकी थिइन । आमाले भन्नु भएको थियो जाउ छोरी तर साँझ भने सवेरै घर फर्कनु । हुन्छ आमा भन्दै सुबेक्षाले फोन गरेर तिमी कहाँ नजिक छौ सुवास भनि फोन गरेकि थिइन । सुवासले म पहिला हामी पढेको विद्यालयको चौतारीमा बसिराछु भनेका थिए । त्यसको केही समय पछि सुबेक्षा त्यहाँ गइपुगिन । सुवास उक्त चौतारीको शितल छहारी मुनी निराश भएर बसिरहेका थिए । सुबेक्षाले के छ खबर किन तिमी निराश भएर बसेको म त साथीलाई भेट्न पाइने भयो भन्दै खुसी भएर आएकी छु सुवास ।

त्यसै प्रसंगमा सुवासले सुबेक्षाको हात समाउदै आँशु झारे र निन्याउरो स्वरमा भने “हेर सुबेक्षा तिमीले मलाई धेरै माया गर्छौ त्यो कुरा मलाई थाहा छ । सुबेक्षा तर म तिमीलाई चाहेजति खुशी दिन सक्दिन होला किनकी म गरिब छु । मेरो परिवार सामान्य छ, तिमी उच्च परिवारमा रमाएकी छोरी सबैकी प्यारी मान्छे अनि म तिमीलाई चाहेजति खुशी दिन कहाँ सक्छु ।” । सुवासको यस्तो कुरा सुनेपछि सुबेक्षालाई साह्रै रिस उठेको थियो र अलि मलिन तिमीले यो के भनेको सुवास हामीले त माया मन सँग पो गर्ने हो, धन सँग गरेको माया हो र ? सुवास त्यस्तो कुरा तिमीले सोच्दै नसोच तिमी जे छौ जस्तो छौ मेरो लागि सबै ठिक छौ । तिमी जस्तो हरेक कुरामा मन मिल्ने जीवनसाथी पाउनु भनेको मेरो लागि म आफैमा आफु भाग्यमानी ठान्दछु सुवास भनेर भनेकी थिईन । म के धनी छु र बा आमाको सम्पत्तिले को छोरीलाई पुगेको छ र मलाई त तिमी सँग ढिँडो सिस्नो खाए पनि सँगै ज्युने मन छ ।

झुपडी भए पनि म महल सम्झेर रमाउने छ हाम्रो सँधैको हरेक साथ सहयोग ले झुपडी लाई महल गरिब बाट धनी हुने हाम्रै हात छ । सुवास समयको गतिसँगै अगाडी बढ्न सकियो भने अवश्य हामी तिमीले सोचेजति धनी र तिम्रा सपना सबै साकार हुनेछन् । भनेर सम्झाएकी थिईन । त्यस्तो कुरा सुनेपछि सुवासले लामो श्वास तानेर आनन्द लिइरहेको भान गरेका थिए । त्यसै क्रममा सुवास लाई फोन आउँछ तिम्रो कोरिया जाने सपना पुरा भएको छ, जाने तयारी गर भनेर फोन आएको थियो र दुवै जना खुशी भएका थिए । सुवासले भने “मेरो कोरियाको लागि सपना पूरा भयो मेरो सपना छ धेरै पैसा कमाएर तिमी लाई विहे गर्ने” ।

यस्तै दुःख सुःखका धेरै कुरा हुन्छन् र नजिकैको दौतरी होटेलमा खाजा खान्छन् । त्यसको केही समय पछि सुबेक्षाले भनेकी थिईन । सुवास अव अर्को कुनै यस्तै बिदाको दिन मिलाएर अर्को नयाँ ठाउँमा घुम्न जाउँला । आज भने साँझ परिसक्यो अब घरमा जानु पर्छ आमाले सबेरै घर फर्किनु भन्नु हुन्थ्यो भन्दै दुबै जना आ–आफ्नो घर फर्किन्छन् । त्यसको एक महिना पछि सुवासको विदेश जाने दिन आउँछ र सुबेक्षालाई फोन गरेर भने म आज विदेश जान्छु तिमी आफ्नो ख्याल राख म पुगे पछि फोन गर्छु, मेरो पिर नलेउ है सानु भन्दै फोन राखे र (२०७२) मा यात्रा तय गरेका थिए । यता त्यो दिन सुबेक्षा ले खाना पनि नखाएर अस्पताल गएकि थिईन उता सुवास पुगे पछि म पुगे सानु भनि खबर गरेका थिए ।


यता सुबेक्षा आफ्नो मान्छे आउने दिन गन्दै फोन गरेर दुवै जना सँगै भएको भान गरेकि थिईन । सुवासले राम्रो ठाउँमा काम गरिरहेका थिए । सँगै काम गर्ने क्रममा एउटा निश्चल नाम गरेकी केटी सँग परिचय भयो त्यस्तै गर्दा गर्दै सुबेक्षाको भन्दा धेरै माया बस्न थाली सकेको थियो उनीहरुबीच फोनमा कुरा हुन्थ्यो प्राय । हप्ता महिना वर्ष गर्दै सुवासले सुबेक्षालाई पहिला जस्तो फोन नगरी कम गर्दै गए । सुबेक्षाले फोन गर्दा सानु आज धेरै व्यस्त छु म भोली फोन गर्छु भन्दै टार्ने काम गर्थे सुवासले । त्यसको तीन वर्ष पछि २०७५ मा सुवास धेरै पैसा

कमाएर फर्किन्छन् तर सुबेक्षालाई फोन नै गरेका हुँदैनन् । किनकी उसको माया निश्चल सँग बसि सकेको थियो । त्यस्तो ब्यवहार देखेपछि सुबेक्षा विस्तारै मायामा पागल हुन थालिन् । अस्पतालमा काम गर्दा ध्यान नदिने एकोहोरो टोलाउने एकान्त ठाउँमा बस्ने जस्ता क्रियाकलाप देखाउन थालिसकेकि थिईन । डाक्टरले भन्नु भयो “सुबेक्षा तिमीलाई के भएको छ ? आजभोली सुरुमा हामीले यस्तो मान्छे पहिला त देखेनौं । के छ समस्या बताउन सुबेक्षा” भन्दा सुबेक्षाले आफ्नो सम्बन्धको कारण खुलाउन सकेकि थिइनन् । यो कुरा विस्तारै घरमा पनि थाहा भएको थियो । एक दिन साँझ जेठा दाजु सुर्य र भाउजु नन्दमाया को बीच कुरा भयो, नन्दमाया आजभोली सुबेक्षाले किन हशिलो मुहार लगाउन छाडिसकिन किन तिमी सुबेक्षालाई साधेर आउ भनेका थिए ।

भाउजु नन्दमायाले मैयासाहेव तपाई हजुरको समस्या हामीलाई नभनेर कहाँ भन्नुहुन्छ ? हजुरको लागि हामी छौं भन्नु मैया किन के भएर यति धेरै दुःखी देखिनुहुन्छ भन्नु भएको थियो । सुबेक्षाले भाउजुलाई आफ्ना सबै कुरा भनिन् र नन्दमायाले यो कुरा घरमा सुनाएकि थिईन् । दाजुहरुले भन्नुभयो पिर नगर प्यारी बहिनी हामी छौं हरपल साथमा मान्छे सबै यस्तै हुन्छन् स्वार्थी आफ्नो मनलाई समालेर राख्ने कोशिस गर । आफुमा विश्वास गर आफ्नो अडिनमा चल्नुपर्छ भनि सम्झाएका थिए । जसले जे जे भनेपनि म मेरो चोखो प्रेमलाई कसरी भुल्न सक्छु भनी हरपल उसको मन पिरोलीएको हुन्छ ।

एकदिन सुबेक्षा अस्पताल जाने क्रममा अचानक बाटो मा दुइजनाको भेट हुन्छ र कुरा हुन्छ । सुबेक्षाले साच्छीन् “के छ खबर, आराम छौ ? किन आजभोली म देखी टाढा हुन खोज्दैछौ, न मलाई फोन गर्छौ, न मैले गरेको फोन उठाउँछौ, सुवास म बाट के गल्ती भयो र मलाई किन बिना कारण तिमी धेरै पिडा दिन्छौ? भन सुवास हामी विहे कहिले गर्ने लेख्छिन । त्यसको केहि समय पछि सुबेक्षा त्यहीँ बेहोस भईन । सुवासलाई डाक्टरले उपचारकक्षमा लगेर उपचार सुरु गरे । बिस्तारै सुबेक्षाको होस् खुल्यो र एकोहोरो स्वरमा सुवासलाई बचाईदिनुहोस् डाक्टर साहेव मेरो सुवास लाई जसरी पनि बचाईदिनुहोस् भनेकि थिईन् । डाक्टरले भनेका थिए हामी उसलाई बचाउन सक्ने अवस्थामा छैनौ किनकी उनी गम्भिर अवस्थामा छन् । उनलाई मुटुको आवश्यक छ । कसैले दिएछ भने हामी उसलाई बचाउन सफल हुन्छौं भनेका थिए । यो कुरा सुनेर सुबेक्षाले म दिन्छु भनिन् । सुवास केहि समयपछि होस्मा आएर डाक्टरलाई सोधे मलाई कस्ले बचायो ? म उसलाई भेट्न चाहान्छु । डाक्टरले भनेका थिए । तिमीले भेट्न खोजेको मान्छे अब यो संसारमा छैनन् ।

सुवासले भनेका थिए म एकपटक उसको मुख हेर्न चाहान्छु । डाक्टरले सुवासलाई लास राखेको ठाउँमा लगेर देखाएका थिए । सुवास छाँगा बाट खसे झैं भएर केही बेरमै बेहोस भए । डाक्टरले सुवासलाई लगेर केही समय आराम गर्न लगाएका थिए । त्यसपछि विस्तारै होसमा आए र धेरै रोए । पहिलाका अतितलाई याद गरे डाक्टरले सम्झाएका थिए । नरोउ यो अवस्थामा रुनुहुँदैन ल लेउ यो चिट्ठी तिम्रो होस आए पछि दिनु भनिएको थियो । सुवासले त्यो चिट्ठी हेर्छ र सुबेक्षाले उक्त चिट्ठीमा यस्तो लेखेकि थिईन । तिमीले मलाई समालेर राख सुवास म तिमी सँगै बाँच्न चाहन्छु । अवत तिमीले चाहेर पनि मलाई छोड्न सक्दैनौ मेरो मुटु तिम्रो जिन्दगी, म तिम्रो हरपलको खुशी हुँ र सँधै खुशी चाहन्छु । सुवास धेरै पश्चातापमा रहन्छन् ।

(लेखक ः मध्यपश्चिम विश्व विद्यालय केन्द्रिय शिक्षा क्याम्पस, प्रथम सेमेस्टरका विद्यार्थी हुन्)

२०७७ असोज ३ गते शनिवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार