वनगाडमा नेकपा र काँग्रेसबाट दुई दर्जन बढी राप्रपा प्रवेश

दुर्गा विसि
सल्लीबजार, ३ असोज ।
सल्यान पश्चिम क्षेत्रमा राप्रपाले गरेको प्रशिक्षण कार्यक्रम ३० जना भन्दा बढि नेकपा तथा नेपाली कांग्रेस छोडेर राप्रपा प्रवेश गरेका छन् । सबै भन्दा बढि वडा १ को अम्रा, नाम्रा र वडा ४, ५ को च्युराबाट प्रवेश गर्नेको संख्या बढेको छ । यस अघि नगरमा निकै कम शून्य रहेको राप्रपाको पार्टी कार्यकर्ता दिन प्रतिदिन बढिरहेका छन् ।

नेता राजेन्द्रवीर रायले नेकपा र नेपाली कांग्रेसले देशलाई संघीयतामा लगेर डुवाएको आरोप लगाए । देशमा राज फालेर अब हजारौं राजाहरुले देशलाइ ब्रमलुट गरेको राप्रपा नेताहरुको भनाई छ । पार्टी प्रवेशसँगै राप्रपा बनगाड कुपिण्डेको नगर स्तरीय प्रशिक्षण कार्यक्रम केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजेन्द्रवीर राय, केन्द्रीय सदस्य अनुवम सिं श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ, प्रदेश सदस्य शिला वुढा, वालाराम शर्मा, सल्यान क्षेत्र नं. २ अध्यक्ष श्यामकृष्ण वोहरा लगायतका नेताहरुले धारणा राखेका थिए ।


राप्रपा नै अबको वैकल्पिक शक्ति एक भएको र नेकपा र नेपाली कांग्रेस ले शासन सत्ता चलाई सकेकोले अब एक पटक राप्रपालाई भोट दिएर जिताउन भनिएको छ । कार्यक्रम स्थल प्रवेश गर्नेहरुलाई मास्क र सेन्टाइजर दिएको थियोे । आफुले जितेको स्थानीय तह नेपालगञ्ज उप– महानगर पालिकाको कार्य प्रगति हेर्न सबैलाई नेता नेत्रलाल श्रेष्ठले अवगत गराउनु भएको थियोे । स्थानीय तहको कार्य प्रगति हेर्दा जनता निकै रुष्ट बनेको उनीहरुको आरोप छ ।

प्रवेश गर्नेहरुमा तिलकबहादुर विष्ट, गृमा विष्ट, लोक बहादुर विष्ट, रामवहादुर राना, प्रकाश् राना, डम्बर वुढा, नैनसिंह विष्ट, कृष्ण वुढा, खुमलाल वुढा, अम्बर वहादुर वली, नरवहादुर क्षेत्री, इन्द्र केसी, चित्र केसी, दल बहादुर वली, राम बहादुर वुढा, लक्ष्मी विक, संगिता रावत, जगत वुढा, हिरालाल वस्नेत, गुमान वुढा, मेघराज वुढा, मान पोख्रेल, लोगवहादुर क्षेत्री र विरवहादुर विक लगायतका महानुभावले पार्टी प्रवेश गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार