कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि

सुर्खेत, ३ असोज ।

कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ४३ र दैलेख अस्पतालमा १ जना गरी ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३ हजार १ सय ७ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ जना छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनको संख्या २ हजार ६ सय ५१ जना पुगेको छ ।

कर्णालीमा कोभिड–१९ का संक्रिय विरामीको संख्या ३ सय ८० पुगेको छ । कर्णालीमा हालसम्म ७० हजार ४सय १२ जनामा आरटी पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया