हिन्दु-मुस्लिम समुदायबीच तनाव बढेपछि सर्लाहीमा कर्फ्यू

काठमाडौं, ३ असोज ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

मलंगवा ३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।

डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए। हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि प्रशासनले कर्फ्यू लगाएको प्रशासकीय अधिकृत प्रमोद यादवले बताए।

तपाईको प्रतिक्रिया