आर्थिक अभावका कारण उपचारमा समस्या

सुर्खेत, ३ असोज ।

दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ घ्युपोखरीकी पानसरा खड्काको खुट्टामा समस्या देखिएपछि उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको हो । ६ महिना अगाडी उनी प्रदेश अस्पताल सुर्खेतमा आएकी थिइन् । केही समयको लागि औषधी लिएपनि उनको खुटेटा निको हुनुको सट्टा झन् अवस्था जटिल बन्दै गयो । पुनः खड्का प्रदेश अस्पतालमै आइन् ।

तर डाक्टले नेपालगञ्ज गएर उपचार गराउन सुझाव दिए । पानसरा भेरी अञ्चल अस्पतालमा भर्ना भइन् । डाक्टरहरुले खुट्टाको क्यान्सर भएको भन्दै काठमाडौँ गएर उपचार गराउन सुझाव दिए । तर घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनी अहिले मर्नु न बाँच्नुको दोषधमा छिन् । ६ महिनासम्म उपचार गराँउदा आफुसँग भएको रकम सबै सकिएको उनका श्रीमान टेक बहादुर खड्का बताए । उनी भन्छन्,, ‘घरमा भएको सबै रकम उपचारमा सकिएको छ, अब खाना खाने रुपैयाँ समेत छैन्, डाक्टरले श्रीमतीको खुट्टामा क्यान्सर भएको भनेर काठमाडौं लिएर उपचार गर्न भनेको छ । गरिबलाई रोग लाग्यो भने मर्नु बाहेक अरु उपाय हुँदो रहेन्छ ।’

उनले आफ्नी श्रीमतीको ज्यान बचाइदिन सहयोगी मनहरुलाई गुहार गरेका छन् । डाक्टरहरुले भने तत्काल काठमाडौं गएर उपचार थाल्न भनेको छ । उनले भने, ‘मसँग एक रुपैयाँ पनि छैन्, यहाँको डाक्टरले तत्काल काठमाडौं गएर उपचार थाल्नुपर्ने नत्र अझै जटिल समस्या आउने बताएका छन् । तर मसँग जाने गाडीभाडासमेत छैन् ।’ ‘गरिबको लागि न त सरकार हुँदो रहेछ, नत आफन्त ।’ उनले दुखेसो गरे । ‘सबै ठाउँबाट मलाई अहिले सहयोग चाहिएको छ, तर मैले सहयोग पाएको छैन् ।’ उनल देश विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोग गरी आफ्नो श्रीमतीको ज्यान जोगाइदिन अपिल गरेका छन् ।

उनीसँग भएको ३ लाख रकम अहिलेसम्मको उपचारमा सकिएको छ । उपचारको लागि ५ लाख रकम अहिले उनलाई आवश्यकता रहेको छ । सहयोग गर्न चाहाने जोकोहीले पनि उनका आफन्त भानुभक्त खड्का र अम्बर बहादुर खड्कालाई सम्पर्क गर्न सक्नेछन् । सम्पर्क नम्बर ९८५८०६४५८६ र ९८५८०५१६३८ रहेको छ ।

तपाईको प्रतिक्रिया