विज्ञानलाई विकाससंग जोडाै

दिपेन्द्र कँडेल/लेखक

विज्ञान(प्रविधि राष्ट्रको सामाजिक रुपान्तरण र आर्थिक विकासको प्रमुख संबाहक शक्ति मानिन्छ। गुणस्तरीय जीवनस्तर जीवनस्तर र सुशासन कायम गर्न एवं सुरक्षा प्रणाली सुदृढ बनाउन समेत विज्ञान प्रविधिको उपयोग प्रभावकारी हुन्छ। कुनै पनि राष्ट्रकोसमृद्धि उक्त देशले अपनाएको विज्ञान प्रविधि सम्बन्धी नीति,सोको कार्यान्वयनको अवस्था, त्यसका लागि गरिएको राजनैतिक प्रतिबद्धता, अनुशासन तथा विकासमा गरिएको राज्यको लगानी र सोबाट प्राप्त सामाजिक(आर्थिक प्रतिफलको आधारमा मापन गरिन्छ।

विज्ञान र प्रविधि नै एउटा राष्ट्रको सामाजिक तथा आर्थिक समुन्नतिको मेरुदण्ड, राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक समृद्धिको संबाहक एवं सामाजिक नवचेतनाका उत्प्रेरक हुन् भन्ने विश्व सामु छर्लङ्ग हुनाले नै संयुक्त राष्ट्रसंघले विश्वका सदस्य राष्ट्रहरुलाई विज्ञान र प्रविधिको समूचित विकास एवम् सहयोगका निमित्त अनुरोध तथा मार्ग निर्देशन गरेको छ। अबको शताब्दी भनेको विज्ञान तथा प्रविधी शताब्दी हो । विकासोन्मुख राष्ट्रहरु विकासक्रममा पछाडि भर्दै जानुको मुख्य कारणनै विज्ञान तथा प्रविधि लाई समग्र विकास निर्माणसँग सामन्जस्यता मिलाउन नसक्नु नै भो भन्ने तथ्य आज सबैका सामु छर्लङ्गै छ। विज्ञानको क्षेत्रमा अग्रणी राष्ट्रहरू विकासको उच्चतम बिन्दुमा छन् । भने यस क्षेत्रमा पिछडिएका राष्ट्रहरू कहालीलाग्दो गरिबी, रोग,भोक रअशिक्षाबाट अझै पीडित छन् ।

वर्तमान परिप्रेक्ष्यमा राष्ट्रलाई विकसित र विकासशील राष्ट्रको रुपमा परिभाषित गर्ने गरिन्छ । यिनीहरूमा परमुख फरक भनेको अर्थतन्त्र एवम् विज्ञान र प्रविधिको समुचित प्रयोगमा आधारित छ । विश्व बैंक गरेको एक सर्वेक्षणअनुसार सन् द्दण्द्दण् मा विश्वमा एसियाका आर्थिकरुपमा विशाल एवंसशक्त राष्ट्रहरुको चाइन, जापान,भारत,थाइल्यान्ड,इन्डोनेसिया, दक्षिण कोरिया र ताइवान हुनेछन्। एक दशक अगाडिसम्म यिराष्ट्रहरु नीतिगत रूपमा कमजोर र अविकसित राष्ट्रको रुपमा परिभाषित थिए।तर यी राष्ट्रले विज्ञान र प्रविधिलाई सशक्त एवं प्रभाकारी रुपमा उपयोग गरेको प्रतिफल स्वरुप आज यि राष्ट्रहरु विश्वमा नै हरेक दृष्टिकोणबाट सम्पन्न सशक्त एवं प्रभाबकारि राष्ट्रको रुपमा आफुलाई स्थापित गरिसकेका छन्।

विज्ञानले मानव जीवनमा अकल्पनीय परिवर्तन ल्याएको छ। मानवले ईश्वरको रुपमा पुज्ने ग्रहहरु आज मानवजातिको भ्रमणस्थल हुने क्रममा छन् । ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र पनि जीवनको खोजी तथा मानव बसोबासको लागि योग्य ग्रहहरुको खोजीको क्रममा निरन्तररूपमा थुप्रै नबिनतम ग्रहहरु पत्ता लाग्दै गइरहेका छन्। र यही गतिमा अगाडि बढ्दै जाँदा निकट भविष्यमा पुरा ब्रह्माण्ड नैपृथ्वी बासिको उपनिवेश हुने कुरामा दुईमत छैन । यसैगरी अन्तरिक्षमा कृत्रिम भू-उपग्रह तथा ग्रहहरुको प्रक्षपणले सञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ। सम्पूर्ण विश्व नै एउटा ूबिश्वग्राममाूपरिवर्तन हुन पुगेको छ । र सूचनाहरू तथा सम्पर्कहरु केवल एउटा बटन थिच्ने दुरीमा मात्र सीमित छन्।विज्ञान तथा प्रविधिको यिनै महत्वहरुलाइ आत्मसात गर्दै विश्वव्यापीरुपमा विज्ञान प्रबिधिदिवश मनाउने गरिन्छ । युनेस्कोले विश्व विज्ञान दिवस मनाउने घोषणा इस्वी संवत द्दण्ण्ज्ञ मा गरेको र इस्वी द्दण्ण्द्द देखि नै बिश्वमा नोभेम्बर ज्ञण् लाई प्रत्येक वर्ष विज्ञान दिवसको रुपमा मनाउन थालिएको हो। यसका अतिरिक्त विकसित एवं विकासोन्मुख राष्ट्रहरुले विशेष घटना, कार्य र उपलब्धिलाई मध्यनजर गर्दै उक्त दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ।

नेपालले विज्ञान(प्रविधि क्षेत्रमा विसं द्दण्घघ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको स्थापना,बि।स द्दण्घढ मंसिर द्दण् गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान, साथै विसं द्दण्छघ जेठ द्द गते विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भएपश्चात ,द्दण्टज्ञसालमा विज्ञान तथा प्रविधि नीति, द्दण्टद्ध मा राष्ट्रिय परमाणु नीति विकास गरी लागू भएका छन् । त्यस्तै देशका सबै वर्ग समुदाय तथा पेशागत व्यक्ति तथा संघ संस्थाहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्माणदेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा भुमिका निभाउने अवस्था सिर्जना गर्ने, चेतनामुलक र अभियानमुखी उद्देश्यले बि।स द्दण्ठण् सालदेखि अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर हरेक वर्ष असोज ज्ञ गतेलाई राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ। प्रथम बिज्ञान दिवसको नाराूबिज्ञान(प्रबिधि देशको समृद्धिू रहेको थियो।

हाम्रो जीवन र विज्ञानको प्रभाव
मानव जिवनको एक महत्वपूर्ण अंग मध्ये एक बिज्ञान(प्रबिधि पनि एक हो। जसरी अन्तरीक्ष विज्ञानको विकास र त्यसको प्रयोगको प्रतिफलस्वरुप प्राकृतिक विपत्ति हरु को पूर्वसूचना प्रणालि, मौसमसम्बन्धी भविष्यवाणी कृषिउपज तथा प्राविधि प्राकृतिक सम्पदाहरूको उचित व्यवस्थापन, जग्गाजमिनको सरल र सहज वर्गीकरण तथा व्यवस्थापन, हवाई यातायात,रक्षा प्रणाली तथा विभिन्न किसिमकाउद्दार प्रणालीमा सर्वसाधारणको पहुँच बिज्ञानको अत्याधुनिक विकासबाट मात्र सम्भव हुन गएको हो। अहिले संसारले भोगिरहेको कोरोना महामारिको बेलामा पनि बैज्ञानिक प्रबिधिको प्रयोगमार्फत थुप्रै उद्योगले आफ्नो उत्पादन र उत्पादकत्व वृद्धि गरिरहेका छन्।

विज्ञान को प्रयोगद्वारा अहिले महामारीमा पनि यलष्लिभ प्रविधिमार्फत शैक्षिक गतिविधिहरु सञ्चालन भइरहेका छन् विज्ञानले हाम्रो दैनिक जीवनसँग जोडिएको हरेक क्षेत्रशिक्षा , स्वास्थ ,सडक ,सञ्चार , खानेपानी ,सरसफाइ देखि खाद्य तथा पोषण सम्मका क्षेत्रमा योगदान पुर्याएको छ। यसको परिणामस्वरुप वर्तमान शताब्दीको मानव जातिको एक अभिन्न अङ्ग हुनु पुगेको छ। विज्ञान तथा प्रविधीको समुचित प्रयोगले विगत मात्र होइन बर्तमान रसुदूर भविष्यमा समेत मानव जातिको उत्थान र विकासमा अहम् भूमिका निभाए गर्ने कुरामा दुईमत छैन।

नेपालमा विज्ञान तथा प्रविधिलाई विकाससँग जोड्ने क्रममा विज्ञान प्रविधिको विकासका निम्ति कानुनी तथा संस्थागत पूर्वाधारहरु कमी हुनु, नीतिको कार्यान्वयनमा शिथिलता आउनु, विश्वविद्यालय तथा प्रग्यिक प्रतिष्ठानका अनुसन्धानहरु उधमशिलता र व्यावसायिक उत्पादन संग जोडिन नसक्नु, दक्ष जनशक्ति न्यूनता हुनु, बौद्धिक पलायन हुनुजस्ता समस्याहरुछन् । जसको समाधानको लागि, उदयिमान तथा आधुनिक प्रविधिको उपयोग अभिवृद्धि गर्दै प्राकृतिक श्रोतको दोहन र मानवीय प्रभाव न्यूनीकरण गर्ने, उद्दमशिलता प्रवर्द्धन गर्ने, बायो, न्यानो तथा न्युक्लियर प्रविधीको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण,विविधीकरण तथा आधुनिकीकरणमा प्रोत्साहन गर्ने, भौतिक पुर्बधार बिकास मा आधुनिक प्रविधिको प्रयोग गरी पूर्वाधार निर्माणलाई सहज र गुणस्तरीय गराउन सकिन्छ ।

परम्परागत मौलिक ज्ञान प्रविधि र सीप संकलन गरी पाठ्यक्रममा आबद्ध गर्ने, प्रत्येक नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधि सम्बन्धी तालिम तथा दक्षता विकास गर्दै जाने, प्राकृतिक स्रोतको दिगो उपयोग टेवादिनेगरी औषधीजन्य जडिवुटी सँग सम्बन्धित वनस्पति लगायत उच्च मूल्यका वस्तु उत्पादन गर्न देशभित्रै कच्चापदार्थको प्रशोधन गर्ने, त्यस्तै वायु,पानी र माटो पर्दछन् न्यूनीकरण, सन्तुलित पारिस्थितिक प्रणाली कायम राख्न हरित र चुस्त प्रविधिको बहुआयामिक विकास र अधिकतम उपयोग गर्न परम्परागत ज्ञानको प्रलेखिकरण र त्यसबाट विकसित प्रविधि तथा वस्तुको बौद्धिक सम्पत्तिको अधिकार प्राप्तिको संरक्षण, पर्वधन र गुणस्तरको समेत सुनिश्चितता काम गर्ने जस्ता कदम चाल्नु अत्यावश्यक हुन्छ।

मुलुकको समृद्धिका लागि बिज्ञान प्रबिधिकोप्रयोग अपरिहार्य छ । यसले रोजगारी निर्माणमा समेत सहयोग गर्छ। वर्तमान परिप्रेक्ष्यमा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालय संग जोडिनु पुगेर यसको दायरा केही संकुचित हुनु पुगेको छ। यसरी संकुचित गर्नुभन्दा यिनीहरूको बृहतिकरण गर्न आवश्यक छ। साथै हामीले राष्ट्रको उज्जवल भविष्य युवा वैज्ञानिक हरु मा निहित छ भने आवश्यक छ र नेपाललाई वर्तमान भन्दा भबिस्यमा विकसित , सशक्त र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्नका लागि उनीहरुलाई समुचित स्रोत साधन तथा कार्यरत रहने वातावरण उपलब्ध गराउनु अत्यावश्यक छ।

देश संघीयतामा गए सँगै मुलुकमा तीन तहका सरकारहरु विद्यमान छन्। संघीय एवं प्रादेशिक तहमा नीतिगत निर्देशन र प्रभावकारी समन्वयका लागि संस्थागत संयन्त्र निर्माण गर्नुका साथै विद्यमान अनुसन्धान केन्द्रहरुको स्तरोउन्नती र संघिय तथा प्रादेशिक विशिष्टताका आधारमा बिज्ञान प्रबिधि तथा नबप्रबतनको विकासका लागि विश्वस्तरिय अनुसन्धान केन्द्रहरु स्थापना गर्नुपर्ने आवश्यकता छ। विज्ञान प्रविधिमा रुचि, सिर्जनशीता, विश्लेषणात्मक क्षमता अभिवृद्धि गर्न विज्ञान शिक्षालाई व्यावहारिक र प्रयोगात्मक बनाउँदै परम्परागत मौलिक ज्ञान,प्रबिधि तथा सिपका बारेमा प्रथमिक तह देखिनै अध्ययन(अध्यापन गराउनुपर्छ।

ऐतिहासिक परिवर्तनसँगै मुलुकको दुर्त एवं दिगो आर्थिक विकास तथा समाजवादउन्मुख राष्ट्रनिर्माण, अनुसन्धानमा आधारित गुणस्तरीय शिक्षा, उत्पादनमूलक मुलुक क्षेत्रमा नव परवर्तन सहितको सहित को प्रविधिको प्रयोग, वैज्ञानिक प्रतिभाहरुलाइ अनुसन्धान गर्ने वातावरण विकास, आविष्कार प्रवर्द्धन गर्ने अवसर, उधमशिलताको अभिवृद्धि सुनिश्चिता अनिवार्य हुन्छ। वैज्ञानिक अनुसन्धान एवम् विकसित विश्वका नविनतम र अत्याधुनिक प्रविधि, बायोप्रविधि,अन्तरिक्ष र परमाणु विज्ञानको उपयोग वैज्ञानिक उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिको व्यवसायिकरण र भूमिको उपयोग दिगो, पूर्वाधार विकास जैविक तथा बहुमूल्य खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपत जोखिम न्यूनीकरण, सुशासन र सेवा प्रवाह, साइबर तथा राष्ट्रिय सुरक्षामा जस्ता सुरक्षा जस्ता क्षेत्रमा गरिन्छ।

नेपालका कुनै मन्त्रालयमा एकजना पनि बैज्ञानिक सल्लाहकार नहुदा बिकासमा बैज्ञानिकता झल्किन सकेको छैन । यसर्थ हरेक मन्त्रालयमा एकजना बैज्ञानिक सल्लाहकार अनिवार्य राख्ने ब्याबस्था गर्दैविज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाएर विज्ञानलाई आफ्नो देशको प्राकृतिक स्रोतसाधन, रितिरिवाज, सामाजिक/आर्थिक तथा सांस्कृति अनुरुपको विकास गर्न सकियो भने मात्र समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य साकार हुन्छ। स्वच्छ र गुणस्तरीय जीवनको लागि विज्ञानू भन्ने नाराका साथ मनाइने आठौं राष्ट्रिय बिज्ञान दिवसको अवसरमा हामीले विज्ञान तथा प्रविधिको क्षेत्रमा भएगरेका सार्थक ज्ञानलाई जनमानसमा बृहत रुपमा प्रवाह गर्नुका साथै हाम्रोजस्तो रुढिवादी बाट आक्रान्त समाजलाई रुढीबादीबाट मुक्त गरी विज्ञान र प्रविधिको प्रयोगलाई अंगिकार गर्न सक्षम हुनुपर्दछ।परम्परागत मौलिक प्रविधिहरूको स्तरोन्नती गर्दै जनमानसमा वैज्ञानिक चेतना अभिवृद्धि गरी अन्धविश्वास र कुरीति हटाउनुपर्छ। विज्ञान प्रविधिको विकास, नबप्रबतनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रबन्धनबाट उत्पादन उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरिय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्न सकिन्छ। [email protected]

तपाईको प्रतिक्रिया