पाँच महिनापछि इन्टरनेट बन्यो

हुम्ला, १ असोज ।
पाँच महिनापछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका इन्टरनेर सेवा सुचारु भएको छ । इन्टर नेवा प्रदायक निकाय वल्र्डलिंक कम्युनिकेशन प्रालिका प्राबिधिक लिमी पुगेर इन्टरनेटको डिभाईसलाई मर्मत गरेपछि लिमीमा नेट सेवा सुचारु भएको हो । नेपाल टेलिकमको भिस्याड टेलिफोन सेवाले राम्रोसंग काम नगरेको अबस्थामा इनटरनेट सेवा सुचारु भएपनि लिमीबासी सञ्चार सम्पर्कमा आएका छन् ।

पहिले हिमपातले बिग्रेको डिभाईस प्राबिधिक जान नसकेर मर्मत गर्न सकिएको थिएन । पछि त्योसँगै कोरोना कहरल एक गाउँबाट अर्को गाउँ जान सक्ने अबस्था नभएको कारण मर्मत गर्न नसकिएको प्राविधिक रामजन रावतले बताए ।  अहिले स्थिती केही सहज हुदा लिमी पुगेर मर्मत गर्ने कार्य भएको उनले बताए ।

रावतले इन्टरनेट सेवा बनेपछि लिमी सञ्चार सम्पर्कमा आएको बताए । लिमीको हल्जी गाउँमा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयमा गरि तीन ठाउँमा वर्ल्ड लिंकले इन्टरनेट सेवा निशुल्क रुपमा जडान गरेको थियो । इन्टरनेट जडानसँगै लिमीबासी सामाजिक सञ्जालसंग पनि जोडिएका छन् ।

तपाईको प्रतिक्रिया