बुधबार नेप्से ५ दशमलव ३६ अङ्कले बढ्याे

काठमाडौं, ३१ भदौ ।

शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से पाँच दशमलव ३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ । बुधबार बैंक बाहेक अरु सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर एक सय ४२ अङ्कले, जीवन बीमाको ७२ अङ्कले, जलविद्युतको ५४ अङ्कले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अङ्कले बढेको छ ।


बुधबार एक सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै तीन वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले झण्डै चार प्रतिशतका दरले गुमाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार