स्यार्पुतालमा वनभोज र पाहुँना घर निमार्ण

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ३१ भदौ ।
रुकुमपश्चिम स्थित स्यार्पुतालको उत्तर साइटमा बनभोज घर निर्माण गरिएको छ । बाफिकोट गाउँपालिकाको पर्यटकको रुपमा परिचित स्यार्पुताल ३ र ५ वडाको बिचमा फैलिएको छ । पर्यटक बढ्न थालेपछि पर्यटकलाई रमाईलो र भोज खानको निम्ति घर निर्माण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर केसीले बताए । पिकिनिक घरसम्म जानको निम्ति सडकको निर्माण समेत गरिएको छ । स्यार्पुताल कृषि सहकारीबाट सञ्चालित डुङ्गामा रमाईलो र डान्स समेत गरिने व्यवस्था रहेको सहकारीका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।


जिल्ला वन कार्यालय रुकुमपश्चिमको ५२ लाख ७४ हजार ८ सय ५६ रुपैया ७८ पैसा र स्थानीय जनश्रमदान ४ लाख ७४ हजार ८ सय ५६ रुपैया ७८ पैसा गरी ५७ लाख ४९ हजार ७ सय ५२ लाख लागतमा निर्माण गरिएको स्यार्पूताल भौतिक पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष सोपे खत्रीले जानकारी दिए । सार्वजनिक शौचालय २ वटा, धारा १ वटा समेत निर्माण गरिएको छ । वनभोज घर निर्माण भएपछि स्यार्पुतालामा आउने पाहुनालाई सहज हुने स्थानीयले बिश्वास लिएका छन । पहिला वनभोज घर निर्माण नहुँदा वनभोज खान आएका पर्यटकलाई सहज भएको स्थानीय गोर्ख दाहालले बताए ।

वनभोज खान आएका स्थानीय बास बस्नको निम्ति पाहुना घर समेत निर्माण गरिएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित स्यार्पुमा पुगेपछि स्वर्गमा पुगे जस्तो लाग्ने नेपालगंजबाट ताल अबलोकन गर्न आएका बिश्वास उपाध्यायले बताए । हिउदको महिनामा आधा हुने ताल बर्षा लागे पछि भरिभराउ हुने गर्दछ । ताल हेर्न कर्णाली प्रदेशका सबै जिल्ला, ५ नम्बर प्रदेशका सबै जिल्ला र अन्य प्रदेशबाट र केहीव्यक्ति भने तेस्रो मुलुकबाट आउने गर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार