रकम असुल्न बलात्कारको झुटो आरोप लगाउनेक्रम बढ्दो

सुर्खेत, ३१ भदौ ।

गएको मंसिरमा सुर्खेतको बराहताल गाउँपालिका निवासी एक १८ बर्षिया किशोरीले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिइन् । वीरेन्द्रनगरमा रहेको साल्टट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका तत्कालिन कार्यालय प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्ताविरुद्ध उनको आरोप थियो ।

कार्यालयमै बोलाएर आफूमाथि बलात्कार गरेको भन्दै ति किशोरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । जागिर लगाइदिने भन्दै गुप्ताले आपूmमाथि यौन शोषण गरेको तथा पटक–पटक बलात्कार गरेको उनको आरोप थियो । तर घटनाको छानबिन हुँदै गर्दा आरोप पुष्टि हुन सकेन । बरु बलात्कारको आरोप लगाउने ति किशोरीलाई नै जिल्ला अदालत सुर्खेतले जेल सजाय तोक्यो ।

बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद र एकहजार पाँचसय रुपैयाँ जरिवानासहितको अदालतले सजायको फैसला गरेको हो । झुटो आरोप लगाउकाले किशोरीलाई कैद र जरिवाना दुबै सजाय हुनेगरी यही भदौ १४ गते अदालतले फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए । ति किशोरीले बलात्कारको आरोप लगाउनुको पछाडि आर्थिक कारण जोडिएको अनुसन्धानले देखाएको छ । कार्यालय प्रमुखसँग रकम असुल्ने उदेश्यले किशोरीले गतल आरोपमा गुप्ताको चरित्रहत्या गरेको भन्दै अदालतले जेल सजनाय तोकेको हो । यद्यपी ति किशोरी फरार छन् । अदालतको आदेशपछि किशोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गएको माघमा वीरेन्द्रनगरकी एक युवतीले पनि आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिइन् । उजुरीपछि प्रहरीले आरोपीत पुरुषलाई पक्राउ ग¥यो । तर घटनाको छानबिन गर्दै जाँदा प्रहरीले आर्थिक लाभका लागि नै ती युवतीले झुटो आरोप लगाएको पत्ता लगायो । यद्यपी यो घटना अदालतसम्म पुग्न पाएन ।

माथि उल्लेखित घटना बलात्कारको झुटो आरोप लगाइएका केही प्रतिनिधिमुलक घटना मात्र हुन् । अनुसन्धानमा खटिने प्रहरीका अनुसार हिजोआज अधिकांश महिलाहरुले आर्थिक लाभ लिन र रकम असुल्नका लागि उजुरी दिने र आर्थिक लेनदेनमा घटना मिलाउने गरेको बताउँछन् । प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा बार्षिक एकसयभन्दा बढी बलात्कारका मुद्दा दर्ता हुने गरेका छन् । यद्यपी सबै उजुरी आर्थिक कारणसँग जोडिएका भने होइनन् । बढ्दो शहरीकरण र प्रविधिको प्रयोसँगै कर्णालीमा बलात्कारका घटनाहरु पनि बढ्दै गएका छन् । बलात्कार र महिलाहिंसाका घटनाहरु बृद्धि भएपछि प्रहरीले अनुसन्धान र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

बालिकाहरुलाई बलात्कारबाट बचाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम, स्कुल–स्कुलमा सचेतनामूलक कार्यक्रम, जनप्रतिनिधि र बालकालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँग समन्वयमा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘अधिकांश घटनामा आफन्तबाट बालिकाहरु बलात्कृत हुने र हत्यासमेत गरिएका छन्’ प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘बालिकालाई सुरक्षित बनाउन सचेतना फैलाउने र अपराधिलाई कानुनी कारबाहीका लागि प्रहरी तत्काल रेस्पोन्स गर्दै आएको छ ।’ बलात्कार जघन्य अपराध भएको भन्दै अनुसन्धानको पाटोलाई थप बलियो बनाउँदै गएको प्रहरीको भनाइ छ ।

किशोरी बढी जोखिममा

बलात्कारका घटनामध्ये किशोरी बलात्कृत भएका घटना बढी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । ‘ बलात्कारका घटनामा १६ देखि ३० वर्ष उमेरका किशोरीहरु बढी छन्’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले भने, ‘किशोरीहरुले प्रविधिको बढी प्रयोग गर्ने र सजिलै अरुको लहलहीमा फस्ने भएका कारण किशोरीहरु नै बढीजसो बलात्कारमा पर्ने गरेका छन् ।’


शारीरिक अंगहरुको बृद्धि विकास हुँदै जानु र अरुको देखासिकी गर्ने बानीका कारण पनि किशोरीहरु बलात्कारका घटनामा जोडिने गरेको उनले बताए । त्यस्तै आर्थिक रुपमा महिलाहरु कमजोर हुनु, शिक्षाको कमी, बेरोजगार र गरिवी जस्ता कारण पनि हिंसाको शिकार हुनु परेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण महिलाहरु बलात्कार जस्ता घरेलुहिंसाको शिकार हुनु परेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

शहरमा बढी बलात्कार

्रहरीको तथ्याङ्क अनुसार दुर्गम क्षत्र र गाउँको तुलनामा शहरमा बलात्कारका घटना बढी भएको पाइएको छ । कर्णाली प्रदेशमा पनि सुर्खेतमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा सुर्खेतमा मात्रै ६१ वटा जबरजस्तीकरणी र २२ वटा जबरजस्तीकरणी उद्योगका घटना भएका छन् । त्यस्तै चालु आर्थिक वर्षमा सुर्खेतमा नौ वटा ६१ वटा जवर जस्तीकरणी र ३ वटा जबरजस्तीकरणी उद्योगका घटना भएका छन् । कर्णाली प्रदेशमा दैलेख बलात्कार हुने दोस्रो जिल्लाको रुपमा रहेको छ ।

दैलेखमा गत आर्थिक वर्षमा १६ वटा जबरजस्ती करणी र चार वटा जबरजस्तीकरणी उद्योगका घटना भएका छन् । त्यस्तै महिलाहिंसाका घटना पनि शहरमै बढी भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सुर्खेतमा पाँचसय ५५ वटा घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै गत आर्थिक वर्षमा २०६७ मा बुहविवाहका २० वटा, अप्राकृतिक मैथुन, बालयौन दुराचार, बोक्सी र मानवबेचबिखन तथा ओसारपसारका एकएक वटा घटना भएको छन् । महिलाहिंसाका अन्य घटनामा पनि दैलेख कर्णाली प्रदेशको दोस्रो स्थानमा पर्दछ । गत आर्थिक वर्षमा दैलेखमा ७९ वटा घरेलुहिंसा, १४ वटा बहुविवाह र एक वटा बालविवाहका घटना भएका छन् । शहरमा मानिसको जनघनत्व बढी हुने भएका कारण बलात्कारको घटनामा बृद्धि भएको प्रहरीको भनाइ छ ।

एक वर्षमा दुईसय बलात्कारका घटना

कर्णाली प्रदेशमा बार्षिक दुई सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा झण्डै दुई सय अर्थात एकसय ९७ वटा बलात्कारका घटना भएका छन् । घटनामध्ये एकसय ४१ वटा जबर जस्तीकरणी र ५६ वटा जबरजस्तीकरणी उद्योगका घटना छन् ।

तथ्याङ्कअनुसार सुर्खेतमा ६१, दैलेखमा १७, जाजरकोटमा १०, रुकुमपश्चिममा १७, सल्यानमा १७, जुम्लामा ६, डोल्पामा एक, हुम्लमा दुई, मुगुमा चार र कालिकोटमा नौँ वटा जबर जस्तीकरणीका घटना भएका छन् । त्यस्तै जबरजस्तीकरणी उद्योगका घटनामध्ये सुर्खेतमा २२, दैलेखमा चार, जाजरकोटमा सात, रुकुमपश्चिमा सात, सल्यानमा १०, जुम्लामा एक, डोल्पामा दुई र कालिकोटमा तीन वटा घटना भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार