सुकुम्बासीलाई लालपूर्जा दिलाउन लागेका छौं

नागरिकले स्थानीय तहमा जनप्रतिनिधि पाएको पनि साढे तीन वर्ष वितेको छ । यो अवधिमा कर्णाली प्रदेशको राजधानी सहर रहेको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा विकास निर्माण, भौतिक पुर्वाधार र सामाजिक सुधारका क्षेत्रमा के कस्ता प्रगति भए ? वडाले नागरिकसँग गरेको प्रतिवद्धता कति पुरा भए ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम सुनारसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, वडाध्यक्ष सुनारसँग गरिएको कुराकानीको शारासंः

हिजोआज कसरी दिन विताउँदै हुनुहुन्छ ?

हिजोआज विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । यसले गर्दा सबै जना सुरक्षित भएर आआफ्नो काममा व्यस्त हुनुभएको छ । मेरो पनि दिनचर्या वडा कार्यालयमा जाने र वडाको कार्यसम्पादन गर्दै वितेको छ । नागरिकका गुनासा सुन्ने र कोरोना रोकथाममै बढी व्यस्त छु ।

तपाइँ निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

म निवार्चित भएयता धेरै काम भएका छन् । पहिलैदेखि नै विवादित भएका बाटोहरु खोल्ने काम भएका छन् । हाम्रो वडामा खानेपानीको समस्या धेरै नै थियो । त्यो समस्यालाई केही हदसम्म भएपनि समाधान गरेका छौ । सहरी स्वास्थ्य बनाउने सरकारको योजना अन्तर्गत प्रत्येक वडामा एक स्वास्थ्य चौकी निमार्ण गर्ने कार्य भइरहेको छ । हाम्रो वडामा पनि स्वास्थ्य चौकी भवनको काम सुरु भइरहेको छ । शिक्षामा पूर्वाधारको कामहरु भएका छन् । त्रिपुरेश्वर माविमा कक्षा कोठाको अभाव थियो । हामीले त्यस विद्यालयमा पहिलो चरणमा आठकोठे भवन निमार्ण ग¥यौ । दोस्रो चरणमा सांसद विकास कोषको रकमबाट ५० लाख लागतमा ६ कोठे भवन पनि निमार्ण गरेका छौं ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

काम गर्नलाई त भनेजस्तो सहज नहुने रहेछ । धेरै कठिनाइ छन् । पढेलेखेका र जान्ने बुझ्ने मान्छेहरुबाट नै काममा बाधा भइरहेको छ । काम गर्न असहज भएको मैले महशुस गरेको छु । नबुझ्नेहरुलाई सम्झाइ बुझाइ गरेपछि बुझ्छन् । तर, बुझ्नेहरुलाई नै बुझाउन गाह्रो रहेछ । हरेक काममा बाधा उत्पन्न गराउँदा समस्या भएको छ । बुझ्ने मान्छेहरुसँग काम गर्न झन् गाह्रो हुने रहेछ ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

हाम्रो वडामा ऐलानी जग्गामा बसोबास गर्नेहरुको धेरै बस्ती छन् । उनीहरुको व्यवस्थापनका लागि पनि समस्या भएको छ । खानेपानीको समस्या केहीहदसम्म समाधान भएको छ । अहिले सिचाइँको अभाव पनि छ । हामीले त्यसको समाधान गर्न सिचाइँ पोखरी निमार्णको काम पनि गरेका छौं ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

हाम्रो वडामा खानेपानी समस्या धेरै नै थियो । त्यसको समाधान गरेका छौ । सिचाइँको पोखरी निमार्णकार्य पनि गरेका छौं । त्यस्तै, विद्यालयको भवन नहुँदा समस्या भएको थियो । विद्यालयको भवन निमार्ण कार्य सकेका छौं । स्वास्थ्य चौकीको भवन पनि बनाईरहेका छौं । अर्काे समस्या भनेको काम गर्ने समयमा जाने बुझेकाहरुले नै बाधा पु¥याउने । हामीले त्यसका लागि पनि प्रत्येक टोल विकास समितिहरुसँग बसेर छलफल गर्ने र सचेतना दिने काम गरिरहेका छांै । अहिले कोरोना महामारीका कारण बैठक र भेला गर्न पाएका छैनौं ।

यो वडाको फोहोर व्यवस्थापनका लागि के गर्नु भएको छ ?

हाम्रो वडाले फोहोरमैला व्यवस्थापनका लागि कार्यविधी बनाएर काम सुरु गरिसकेको छ । फोहोरमैला व्यवस्थापन गरिरहेका छौं । प्रत्येक टोलमा फोहोरमैला व्यवस्थापन समिति गठन गरेर काम गरिरहेका छौं । उक्त कामका लागि हामीले प्रत्येक घरबाट ५० र पसलहरुबाट एकसय रुपैयाँ उठाएर गरेर फोहोरमैला व्यवस्थापन गर्न तर्फ लागेको छौं । कार्यविधी अनुसार नै रकम उठाएका छांै । हाम्रो वडाले फोहोरमैला व्यवस्थापनमा विशेष जोड दिएको छ । हामीले वडामा ल्याण्डफिल्डसाइट बनाउने प्रकृया पनि सुरु गरेका छांै । त्यो अहिले डपिङका रुपमा प्रयोग भइरहेको छ । त्यसलाई ल्याण्डफिल्ड बनाउनका लागि प्रदेश सरकार र एक एनजीओेको सहयोग तीन करोड १७ लाखको टेण्डर आह्वान गरिसकेका छौं । छिट्टै काम सुरु हुन्छ ।

यहाँले अहिलेसम्म गर्नुभएको राम्रा पाँच वटा काम बताईदिनुस् न ?

हाम्रो वडामा दुई वटा विद्यालयको भवन निमार्ण ग¥यांै । स्वास्थ्य चौकीको भवन निमार्णको काम पनि सञ्चालन भइरहेको छ । छिट्टै सकिदैछ । यो वडामा खानेपानीको समस्या धेरै नै थियो । हामीले त्यो समस्या पनि केहीहदसम्म समाधान गरेका छौं । अहिले तत्कालै खानेपानीको समस्या हटेको छ । सिचाइँको समस्या पनि छ । हामीले त्यसको समाधान गर्न सिचाइँ पोखरी निमार्ण पनि गरेका छौं । कोरोनाका कारण भारत लगायत तेस्रो मुुलकबाट स्वदेश फर्किएका बेरोजगार युवाहरुलाई रोजगारी दिने व्यवस्था गर्दै छौं । युएनडीपी अन्तर्गत अन्तरनिर्भर समाजसँग मिलेर वडाले युवाहरुलाई तरकारी खेतीमा उत्साहित गर्न जोड दिएका छौं । साथै बालबालिका क्षेत्रमा पनि काम भइरहेका छन् । हामीले बालबालिका लगायत अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि काम गरेका छौं ।

मत माग्न जाँदा तपाइँले जनतासँग गरेका प्रतिबद्धताहरू कति पुरा गर्नुभयो नी ?

हामीले जनतासँग गरेका प्रतिवद्धताहरु केही पुरा गरिसकेका छौं भने केही पुरा गर्ने प्रकृयामा नै छन् । घोषणा पत्रमा जारी गरेको प्रतिवद्धतामा सुकुम्बासीहरुको समस्या समाधान गर्न सकेका छनौं । त्यो पनि हामीले नगरपालिकासँग भेटेर कुरा गरिसकेका छौं । त्यसका लागि समिति बनाएर काम गर्नु पर्ने भएको र कोरोना कारण रोकिएको छ । कोरोनाको महामारी अलि साम्य भएपछि समिति बनाएर सुकुम्बासीहरुको समस्या समाधान गर्नतर्फ लाग्ने छांै । उनीहरु अहिले एलानी जग्गामा बसीरहेका छन् । हाम्रो वडामा मात्र नभई नगरभित्र नै यो समस्या छ ।

अबका योजनाहरु के के छन् ?

हाम्रो वडाको पहिलो प्राथमिकता भनेको सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने हो । उनीहरुको समस्याको समाधान गर्न नगरपालिकासँग पनि हामीले कुरा गरिसकेका छांै । नगरपालिकाले प्रत्येक वडामा ओभरसियर र इन्जिनियर खटाएर सुकुम्बासीहरुलाई लाजपूर्जा दिने व्यवस्था गर्नुपर्छ । मेरो अबको कार्यकालमा सुकुम्बासीहरुलाई लालपुर्जा दिलाउने हो । अर्काे प्राथमिकता भनेको सिचाइँ पोखरीलाई व्यवस्थित गर्ने र युवाहरुलाई गाउँमै रोजगारी दिने हो । युवाहरुलाई कृषिमा आर्कषित गर्ने र विदेशिने अवस्थाबाट रोक्ने मेरो अबको योजना छ । युवा, महिला सञ्जालहरुसँग सहकार्य गर्दै उनीहरुलाई समेटेर अघि बढ्छांै ।

तपाईको प्रतिक्रिया