नेपाल बैंकर्स संघ कर्णाली संयोजक शाक्य, सहसंयोजक अर्याल

सुर्खेत, ३० भदौं ।
नेपाल बैंकर्स संघ कर्णाली प्रदेश इकाइ समिति गठन गरिएको छ । एभरेष्ट बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स संघ कर्णाली ईकाई समिति गठन गरिएको हो ।

ईकाइको सह–संयोजकमा ग्लोबल आइएमइ बैंकका विष्णु अर्याल हुनुहुन्छ भने सदस्यहरुमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन हुनुभएको छ ।

प्रदेश ईकाइमा आवद्ध सबै बैंकहरुका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरु हुनुहुन्छ । केन्द्रमा रहेको बैंकर्स संघलाई सातै प्रदेशमा ईकाइ समिति विस्तार गरेर गठन गरिएको संयोजक शाक्यले जानकारी दिनुभएको छ । कर्णालीमा गठन भएको ईकाइले बैंक तथा वित्तिय र सरोकार निकायवीच समन्वय गर्नमा सहज हुने शाक्यको भनाई छ ।

तपाईको प्रतिक्रिया