क्रान्तिकारी पत्रकारका केन्द्रीय अध्यक्षको राजिनामा

दुर्गा विसी
सल्लीबजार, ३० भदौं ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले पदबाट राजिनामा दिनुभएको छ । दुई वर्ष अघि भएको केन्द्रीय भेलाले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको थियोे । क्रान्तिकारी पत्रकार संगठनको छाता संगठन नेकपा विप्लव निकट रुपमा रहेको छ ।

राजिनामा दिनुको कारण विज्ञप्तिमा उल्लेख नभए पनि उहाँले आजको मितिदेखि उक्त पद सँगै क्रान्तिकारी पत्रकार संगठन नेपालको सदस्य त्यागेको जनाउनुभएको छ । सल्यान जिल्लामा रहेर २ दशक पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनु भएका रावत रेडियो तहल्का एफएम, अनलाइन तहल्का, तहल्का मिडिया डवलि युटुव च्यानलको सञ्चालक पनि हुनुहुन्छ ।


पत्रकारिता जगतमा सल्यानमै वसेर उहाँले निकै भुमिका राम्रो भुमिका खेल्नु भएको छ । संगठनमा विभिन्न खाले बाधा व्यब्धान चुनौतीलाई उहाँले सहज ढंगलेबाट अवतरण गर्ने काम गरिरहनु भएको थियोे । केन्द्रीय अध्यक्ष रावतले राजिनामा दिनुको खासै कारण नखुलाए पनि संगठनमा केही असहज परिस्थितिले राजिनामा दिएको उल्लेख छ । यो अवस्थामा संगठनलाई सहि दिशामा हाकेको र सहयोगी हात सबैलाई धन्यवाद दिनु भएको छ । सल्यान जिल्लाको अब्बल र दखल पत्रकारतको रुपमा उहाँ चिनिँदै आउनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार