वनगाड कुपिण्डेमा एकैपटक ३३ जनामा कोरोना पोजेटिभ

दुर्गा विसी
सल्लीबजार, ३० भदौं ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारतबाट आएका ३३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको आएको छ । भारतको नासिकबाट घर फर्केका बनगाड क्याम्पस बनगाड सल्यानको क्वारेन्टाइनमा वसेका ५६ जनाको कोरोना चेकजाँच गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

एक हप्ता अघि उनीहरु भारतबाट घर फर्केका थिए । भारतबाट नगरमा भित्रिने नागरिकको संख्या ३१ सय नाघेको छ भने १ सय ८८ जनालाई कोरोना संक्रमण भएको थियोे । नगरले तयार पारेको क्वारेन्टाइन राखी उनीहरुको चेकजाँच गर्दा पोजेटिभ रिपोर्ट आएका नागरिकलाई आइसुलेसन राखिएको थियोे ।


अहिले पनि नगरपालिकाले त्यहि विधि अपनाएको नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलको भनाई छ । यस अघि पनि भारतबाट आएका क्याम्पस क्वारेन्टाइनमा बसे अधिकांश नागरिकलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियोे । भारतबाट नागरिक आउने र जानेक्रम जारी नै रहेको छ । जसले गर्दा कोरोना रोकथाममा निकै सकस परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार