ट्राफिक प्रहरीद्धारा जाजरकोटमा सचेतना

सरू बस्नेत ।

जाजरकोट, ३० भदौ ।

जाजरकोटमा ट्राफिक प्रहरीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जिल्लामा नागरिक कोरोनाबाट सचेत हुन लापरबाही गर्न थालेका छन् । कोरोना सम्बन्धी सचेतना फैलाउना हातमा माक्स र सचेतना मुलक ब्यानर सहित ट्राफिक प्रहरी रोडमा उत्रिएका छन । जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले पछिल्लो समयमा सर्बसाधारणहरुद्धारा जनस्वास्थ्यका मापदण्डहरु उलंघन गर्ने गरेपछि जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको हो । जिल्ला सदरमुकाम बजारमा कोरोना भाइरस सम्बन्धि सचेतना सहित यसबाट जोगिने उपायहरु माईकिङ गर्नेर माक्स बितरण गर्ने गरेको छ । पछिल्लो समयमा स्थानियहरुले मास्कको प्रयोग नगर्ने, बजार क्षेत्रमा भीड लाग्ने जस्ता काम गर्ने नहुने क्रियाकलापहरु गर्न थालेपछि सचेत बनाउन बजार क्षेत्रमा माईकिङ गर्ने गरेको ट्राफिक प्रहरी जवान राजेन्द्र शाहीले बताए । उनका अनुसार प्रहरीले कोरोनाबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऊ, भीडभाड र मेला प्रर्वमा सहभागी नहौँ, हरेक व्यक्तिले कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौँ, साबुनपानीले मिचिमिचि हात धुने बानी बसालौँ, अनिबार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गरौँ, नागरिक अनुशासन कायम गरौँ जस्ता नाराहरु माईकिङ गर्दै बजार क्षेत्र घुम्ने गरिएको छ ।

ट्राफिक प्रहरीले कोरोना सम्बन्धि सचेतना जोगाउने पनि गर्ने गरेको छ । केही व्यक्तिको लाप्रबाहीका कारण सबैले जोखिम बहन गर्नुपर्ने अवस्था छ । आम सरोकारवाला र नागरिक जिम्मेवार नबने समस्या आउन सक्ने उनीहरूको भनाइ छ

तपाईको प्रतिक्रिया