कालिकोटबाट विपद् बीमा सुरू

कालिकोट, ३० भदौ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कर्णाली प्रदेशमा विपद् बिमा शुभारम्भ गरेका छन् । यस क्रममा उनले साउन ११ को पहिरोमा ७ आफन्त गुमाएका नरहरिनाथ–७ माल्कोट, बागाका पदमवहादुर बुढालाई दुई लाख रुपैयाँको सांकेतिक चेक हस्तान्तरण गरे । कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामूहिक बिमा गरेको थियो ।

मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावलसहितको सहभागितामा कालिकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् बिमाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।उनका अनुसार स्थानीय तहबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् बिमाबापतको दुई लाख रकम जम्मा गरिएको छ ।


यस वर्षको बाढीपहिरोमा कालिकोटले सबैभन्दा बढी क्षति बेहोरेकाले त्यहीँबाट विपद् बिमाको सुरुआत गरिएको मुख्यमन्त्री शाहीले बताए । घर पूर्ण क्षति भएकालाई थप एक लाख र सम्पत्ति सबै क्षति भएकालाई ३ महिनासम्म खाद्यान्न पनि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । असारयता कालिकोटमा मात्र पहिरोमा परी ४४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार