दुर्गा विसी
सिम्ता, २९ भदौं ।
सुर्खेत सिम्ता गाउँपालिकामा कोरोनाले उग्ररुप लिन थालेको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी र चालक निरक रावतललाई केही दिन अघि कोरोना संक्रमण देखिएको थियोे । अध्यक्षलाई कोरोना पोजेटिभ भए पछि केसीको कन्ट्याक्ट्मा रहेका ५४ जनाको चेकजाँच गरिएको थियोे ।
जस मध्ये गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी, गाउँपालिकाका निमित्त प्रशास अधिकृत टोपवहादुर राना, योजना शाखाका अर्जुन राना लगायत ९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभएको छ । अध्यक्ष केसी लगायत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उक्त टिममा कोरोना नियन्त्रणमा निकै खट्ने टोलीहरुमा यतिबेला कोरोना संक्रमन्न देखा परेको छ । सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भएको पुष्टि भएसँगै सिम्तामा कोरोना महामारीले ठुलो रुप लिन सक्ने अट्कलवाजी गरिन थालेको छ । सिम्ता गाउँपालिका वडा नं. ६ ठिग्नी निवासी हाल सल्लीबजारमा बस्दै आउनु भएका यातायात व्यवसायी ईश्वर विसीलाई समेत कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
उहाँ पनि सिम्तामा गाउँपालिका अध्यक्ष केसीसहितको टिममा हिडिरहने र कोरोना महामारी नियन्त्रणका लागि खटिरहने युवामा गणना हुनुहुन्छ । विसीको वसाई भने सल्लिवजारमै रहेको छ । सल्लिवजार पनि खतराको घण्टी बजेको छ ।
युग संवाददाता । । २९ भाद्र २०७७, सोमबार ०७:२०