जिल्ला सहकारी संघको अध्यक्षमा विसी

सुर्खेत, २९ भदौं ।
जिल्ला सहकारी संघ सुर्खेतको ९ औं बार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले सहकारीकर्मी तथा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य अमृत बहादुर विसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । अध्यक्ष विसी मनिकापुर कृषक बहुमुखी सहकारी संस्था वीरेन्द्रनगर–१० का सल्लाहकार हुनुहुन्छ ।

समितिको उपाध्यक्षमा निर्वाचित रविन्द्र शाह ज्ञानकुन्ज शैक्षिक सहकारी संस्थाका सल्लाहकार, महिला उपाध्यक्षमा निर्वाचित सुमित्रा कोइराला नौलो जागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । सचिवमा निर्वाचित विशाल केसी बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख, कोषाध्यक्षमा निर्वाचित अर्जुन बुचामगर सिमलपानी कृषि तथा पशुपालन सहकारी कुनाथरीका अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरुमा कृष्ण बहादुर भण्डारी, डिला कुमारी भट्टराई, गोरखनाथ आचार्य, विमला जिसी, कर्ण बहादुर थापा, भुवनेश्वर उपाध्याय, प्रकाश तिमिल्सेना, आशिष तिवारी, वीर बहादुर रावत चयन हुनुभएको छ । निर्वाचन समिति संयोजक उत्तम आचार्य, सदस्यहरु रामबाबु विसी र ढाँकाराम न्यौपानेले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथग्रहण गराउँदै विजयीको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया