कर्णालीमा आइतवार थप दश जना संक्रमित थपिए

सुर्खेत, २८ भदौ ।

कर्णाली प्रदेशमा आइतवार थप दश जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सात जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई जना र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एक जनामा संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिनेमा सुर्खेतका पाँच जना, दैलेखका एक जना, जुम्लाका दुई जना, रुकुमपश्चिमका एक जना र सिरहाका एक जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार सात सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय दश जना संक्रमण निको भइ घर फर्किएका छन् । योसँगै निको भइ डिस्चार्ज हुनेको संख्या दुई हजार पाँच सय पाँच रहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने दुई सय ७५ जना संक्रिय संक्रमित उपचाररत छन् ।

तपाईको प्रतिक्रिया