कुलमानको कार्यकाल आज सकिंदै

काठमाडौं, २८ भदौ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल (आज) आइतवार सकिंदैछ । नेपाललाई दैनिक १८ घण्टा लामो लोडसेडिङ मुक्त गरेर वाहावाही पाएका घिसिङलाई सरकारले पुनः नियुक्त नगरे आज राति १२ बजेबाट उनी प्राधिकरणबाट बाहिरिने छन । घिसिङ फेरि कार्यकारी निर्देशको रुपमा नियुक्त हुन्छन् वा सरकारले उनको ठाँउमा अन्य कुनै व्यत्तिलाई चयन गर्छ भन्ने यतिवेला सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।

सर्वसाधारणले भने उनलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नुपर्ने आवाज उठाइरहेका छन् । यस्तै, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि घिसिङलाई पुनः नियुक्ति गर्न मन्त्रीपरिषदमा प्रस्ताप पेस गर्ने तयारी गरेको स्रोतहरुको भनाई छ । यत, कुलमानलाई पुनः नियुक्त गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल पनि लागिपरेको खबरहरु बाहिर आइरहेका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिस्पर्धाका आधारमा मात्र प्राधिकरणको कार्यकारी निर्देशकको चयन गर्ने बताउँदै आएका छन् । त्यसैले उनलाई पुनः नियुक्त गर्ने वा नगर्ने विषय प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा नै रहेको देखिन्छ । घिसिङ ४ वर्ष पहिले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

उनले दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सबैको वाहावाही पाएका थिए । उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं लगायत देशका प्रमुख सहरलाई लोडसेडिङमुक्त भएको घोषणा गरिुएको थियो ।

तपाईको प्रतिक्रिया