रुखबाट खसेर एक युवकको मृत्यु

प्रचण्ड खत्री ।
रुकुम पुर्व, २८ भदौ ।

रुकुम पुर्वमा आपँको रुखबाट खसेर एक युवाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ स्थित ढकालबारा निवासी २६ वर्षिय बसन्त बोहोराको आपको रुखबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारि प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिएका छ्न ।

उनका अनुसार शनिवार साँझ साढे चार बजेतिर आप खानको लागि घर नजिकैको रुखमा चढेका बोरोहा रुखबाट खसेर गम्भिर घाइते भएका थिए । गम्भिर घाइते बोहोरालाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पुर्वमा पुर्याइएको थियो । उनको जिल्ला अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पतालमा रहेको सव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया