कालिकोटमा भेन्टिलेटरसहितको अस्पताल स्थापना

तुलराज पाण्डे ।

कालिकोट २८ भदौ ।

कालिकोटमा विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरस विषेश अस्पतालको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतवार अस्पतालको औपचारिक रुपमा उद्घाटन गरेका हुन्। जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौं कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौं भन्ने मुल नारालाई आत्मसात गर्दै कालिकोट जिल्लामा कोभिड १९ विशेष अस्पताल संचालनमा आएको छ ।

कर्णाली प्रदेश सरकारको १ करोड, ७० लाख बजेटमा कोभिड १९ विषेश अस्पतालको काम थालिएको थियो । अस्पतालको सम्पुर्ण तयारी पुरा भएपछि आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालको उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले नेपालभर सबैभन्दा कम संक्रमित हुने प्रदेश कर्णाली प्रदेश रहेको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुले कोरोना संक्रमतिबाट मृत्यु ब्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला, सुर्खेत जानु पर्ने बाध्याता हट्नेछ । यो अस्पताल कर्णाली प्रदेशकै एक नमुना कोभिड १९ विशेष अस्पताल हो ।’ मुख्य मन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा ठुलो भवनमा कतैपनि कोभिड विशेष अस्पताल बनेको छैन ।

कर्णाली प्रदेश सरकारका माननिय सदस्य कुर्मराज शाही, खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डे, पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातिकान्छा) लगायत सरकारवाला निकायको सहभागिता रहेको थियो । उक्त कार्यक्रम कर्णाली प्रदेश सभा सदस्य माननीय कुर्मराज शाहीले अबका दिनमा कालिकोटबासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउने छैनन् । ९ वटा स्थानिय तहमा बनाइएका साविकका क्वारेन्टाईन नै अहिले आइशोलेन बनाएका छन् । तर स्थानिय तहले आफ्नो पालिकामा देखिएका संक्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमि नहुने बताएका छन् ।

आगामी दिनमा पनि कोरोना अस्पताललाई अझै गुणस्तरिय र दिगो टिकाउका लागि प्रदेश सरकारबाट कुनै कमि नहुने पनि शाहीले बताएका छन् ।कालिकोटको कोभिड विशेष अस्प्तालमा हाल ५४ बेडको तयारी पुरा भएको छ । एकिकृत भवनमा संचालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टीलेटर १ गरी जम्मा ५४ बेडको व्यवस्था गरिएको जिल्लाअस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटी (विपिन) ले बताए । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका कटक बहादुर महतका अनुसार कालिकोट जिल्लामा अहिले १ सय जना क्वारेन्टाइनमा छन् । कोरोना संक्रमति तिलागुफा नगरपालिकाका मात्र २० जना आइशोलेसनमा रहेको दियो खबर लाइ महतले बताए ।

तपाईको प्रतिक्रिया